आर्थिक स्वाबलम्बनका लागि विश्व हिन्दू परिषद् नेपालद्वारा सिलाई प्रशिक्षण
धनुषा । मातृशक्ति (महिला) लाई आर्थिक रूपमा स्वाबलम्बी बनाउने उद्देश्यका साथ विश्व हिन्दू परिषद् नेपालले महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालन गरेको सिलाई प्रशिक्षण केन्द्रबाट ३० जना प्रशिक्षार्थीले ६ महिने प्रशिक्षण पुरा गरेका छन् । आर्थिक रूपले कमजोर महिलालाई लक्षित गरी परिषद्ले निःशुल्क सिलाई प्रशिक्षणको व्यवस्था गरेको हो । परिषद्ले विभिन्न सत्रमा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
भंगहा नगरपालिकाका विभिन्न वडाहरूबाट सहभागी प्रशिक्षार्थीहरूलाई भाद्र ६ गते एक कार्यक्रमबिच विश्व हिन्दू परिषद् नेपालका ट्रष्टी श्री ओम प्रकाश सर्राफ, महोत्तरी जिल्ला अध्यक्ष श्री वृजेश झा एवं धनुषा जिल्लाका पूर्व अध्यक्ष श्री रघुनाथ साहको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । सफलतापूर्वक सिलाई प्रशिक्षण केन्द्र सञ्चालनका योगदान पुर्यानुहुने केन्द्रका प्रशिक्षक श्रीमती महिमा सिंह एवं एकल विद्यालय अभियानका स्थानीय संच प्रमुख श्रीमती रामपरी रामलाई सम्मान गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका तर्फबाट प्रदेश संगठन सचिव श्री धनुषधारी पाण्डे, महिला प्रमुख श्रीमती सुनिता देवी ठाकुर, धनुषा जिल्ला उपाध्यक्ष श्री अमन प्रसाद गुप्ता लगायत स्थानीय कार्यकर्ताहरू सहित करिब १०० जनाको सहभागिता रहेको थियो ।
आगामी दिनमा महोत्तरीको औरही नगरपालिकामा समेत सिलाई प्रशिक्षण केन्द्र सञ्चालन गरिने परिषद्का प्रदेश संगठन सचिव श्री धनुषधारी पाण्डेले बताउनु भयो ।