SamwadKhabar logo

               

राजनीति

नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम बैठक सम्पन्न

संवाद खबर

संवाद खबर

नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम बैठक सम्पन्न
भदौ ११, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट जनवर्गिय संगठन नेपाल तामाङ संघ (समाजवादी) को प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेपाल तामाङ संघ (समाजवादी) को १६ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा बसेको बैठकले आगामी निर्वाचनमा तामाङ समुदायबाट नेतृत्वको सिट सुरक्षित गर्नेदेखि संगठन विस्तारसम्मको रणनीतिहरु बनाउने निर्णय गरेको छ ।  तामाङ संघका केन्द्रीय अध्यक्ष लाप्साङ तामाङ पाख्रिनको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय निर्वाचन आयोगका सदस्य रामचन्द्र बलको प्रमुख आतिथ्यता एवम् नेपाल आदीवासी जनजाति महासंघ (समाजवादी) महासचिव चन्द्र बहादुर तामाङको विशेष आतिथ्यतामा बसेको बैठकले समुदायको पहिचान र समावेशीसहित नेतृत्वमा सहभागीता गराउने निर्णय गरेको छ ।   पार्टीको विधि विधानमा टेकेर समाजवादको यात्रालाई सफल बनाउन नेपाल तामाङ संघ समाजवादीले समयपरिस्थितिअनुसार काम गर्दै जाने बताएको छ । प्रमुख अतिथि समेत रहेको पार्टी निर्वाचन आयोगका केन्द्रीय सदस्य रामचन्द्र बलले संगठनलाई बजबुद बनाउन समुदायको विभिन्न संघसंस्था तथा समूहरुसंग निकट सम्बन्ध राखेर काम गर्नुपर्ने बताए । तामाङ समुदायले मनाउँदै आएको विभिन्न चाँडपर्व एवम् समुदायको पहिचान, हकहित र अधिकारको सवालमा सहभागीता जनाएर आफ्नो विचार प्रस्ट राख्नुपर्ने बताए । नेपाल तामाङ संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम पूर्ण बैठकले विधान प्रकाशन, सचिवालय गठन, प्रदेश, जिल्ला इन्र्चाजको जिम्मेवारी दिने, कोष निर्माण, कार्यालय व्यवस्थापन, सदस्य मनोनित लगायत निर्णयहरु गरेका छन् । बैठक संघकी महासचिव किरण मोक्तानले सञ्चालन गरेकी थिईन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…