SamwadKhabar logo

               

शिक्षा

आन्दोलनरत कर्मचारीले गरे देशभर विद्यालय बन्द

देवराज रिजाल

देवराज रिजाल

आन्दोलनरत कर्मचारीले गरे देशभर विद्यालय बन्द
भाद्र १२, काठमाडौँ । आन्दोलनरत कर्मचारीहरूले देशभरका सामुदायिक विद्यालय बन्द गराएका छन् । पूर्ण सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग अघि सारेर भदौ १ गतेदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि देशभरका विद्यालय बन्द गराएका हुन् । काठमाडौं उपत्यकाका विद्यालय बन्द गराउन ४० जनाको दस्ता विभिन्न विद्यालयमा पुगेको छ । विद्यालय प्रशासनले अटेरी गर्दै विद्यालय खोलेको पाइएको त्यसबाट हुने क्षतिको स्वयम् विद्यालय प्रशासन नै जिम्मेवार हुनुपर्ने उनीहरूको चेतावनी छ । केही विद्यालयहरूमा प्रधानाध्यापकबाट विद्यालय बन्द गराउने विषयमा सहयोग भएको भन्दै त्यसपछि हुने क्षतिको स्वयम् प्रधानाध्यापक नै जिम्मेवार हुनुपर्ने नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर भण्डारीले बताए । केही विद्यालयका प्रधानाध्यापक स्वयमले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय बन्द गराएको उनको भनाइ छ । ‘केही विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले असहयोग गर्दै आएका छन्,’ भण्डारीले भने, ‘आन्दोलन अवधिभर सहयोग गरेमा त्यसबाट हुने क्षतिको जिम्मेवार असहयोग गर्ने शिक्षक र प्रधानाध्यापक हुनुपर्नेछ ।’ भदौ १ गते शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएर आन्दोलनको सुरुवात गरेका थिए । पछि उनीहरूले माइतीघर मण्डलामा धर्ना दिदैं आएका थिए । धर्ना दिने क्रममा उनीहरूलाई शिक्षा देवेन्द्र पौडेलले छलफलका लागि बोलाएका थिए । तर, अनौपचारिक रूपमा भएको छलफलमा कुनै निर्णय हुन सकेको थिएन । अनौपचारिक छलफलको क्रममा शिक्षामन्त्री पौडेलले तपाईहरूको बटमलाइन के हो भनेर सोधेका थिए । आफूहरूले यसअघि पनि पटक पटक वार्तामा बसेर सहमति गर्दै आएको तर, माग सुनुवाई नभएको भन्दै माग सुनुवाई गर्नेगरी उच्चस्तरीय वार्ता समिति गठन गरेर मात्र वार्तामा बस्ने माग अघि सारेको परिषद्का उप–महासचिव भण्डारीले बताए । ‘हामीले धेरै पटक झुक्याउने काम भयो । अहिले पनि वार्ताको नाममा झुलाउने प्रयास भइरहेको छ । हामीले माग सुनुवाई गर्नेगरी गठन गरिने वार्ता समितिसँग मात्र वार्तामा बस्ने भनेका छौं । औपचारिक रूपमा वार्ताको लागि कहिँबाट पनि पत्र आएको छैन,’ भण्डारीले भने । मागहरू तत्काल पुरा हुने देखिए मात्र वार्तामा बस्ने उनले बताए । देशभरका ४१ हजार भन्दा बढी विद्यालय कर्मचारी पूर्ण सेवा सुविधाको ग्यारेन्टी गरिनुपर्ने लगायतमा माग अघि सारेर आन्दोलनमा छन् । विद्यालय कर्मचारी सहायक (लेखापाल) को तलब ३६ हजार ७३० हुनुपर्ने, विद्यालय सहयोगीहरूको तलब २६ हजार २१० रुपैयाँ हुनुपर्ने माग अघि सारेका छन् । त्यस्तै संघीय शिक्षा ऐन र शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गरिनुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने माग राखेका छन् । संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविच्छिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने मागसमेत उनीहरूले अघि सारेका छन् । सेवा प्रवेशका लागि ४० वर्षे उमेर हद कार्यरत कर्मचारीको हकमा एक पटकका लागि नलाग्ने प्रबन्ध गर्नुपर्ने माग उनीहरूका छन् । त्यस्तै ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई स–सम्मान अवकाशको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ । विद्यालय कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अध्ययन बिदा, सन्ततिवृत्ति आदिको प्रबन्ध गरिनुपर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौता तथा पटकपटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयनमा ल्याउनुपर्ने माग परिषद्ले अघि सारेको छ । नयाँ आर्थिक वर्षमा सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिए पनि विद्यालयमा कार्यरत ४० हजारभन्दा बढी कार्यालय सहयोगी र लेखापालको तलब वृद्धि नगरिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यतिबेला उनीहरू पूर्ण सेवा सुविधाको ग्यारेन्टीसहित माग अघि सारेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै लागि देशभरबाट ३ हजार भन्दा बढी विद्यालय कर्मचारी काठमाडौं आएका छन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…