SamwadKhabar logo

               

खेलकूद

एसिया कपः श्रीलंकामाथि अफगानिस्तानको शानदार जित

देवराज रिजाल

देवराज रिजाल

एसिया कपः श्रीलंकामाथि अफगानिस्तानको शानदार जित
भाद्र १२, काठमाडौँ । एसिया कप क्रिकेटमा शनिबार अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको छ । युएईको दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा बलिङ र ब्याटिङ दुवैमा अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले शानदार जित निकाल्दै समूह ए मा २ अंक जोडेको छ । उक्त खेलमा श्रीलंकाले दिएको १ सय ६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १० ओभर २ बलमा केवल २ विकेट गुमाएर पुरा गर्‍यो । अफगानिस्तानको जितमा रहमानुल्लाह गुरवाजले १८ बलमा ३ चौका र ४ छक्काको मदतमा सर्वाधिक ४० रनको बनाए। हजरतुल्लाह जाजाईले २८ बलमा ३७ रन जोड्दा ५ चौका र १ छक्का हिर्काए । इब्राहिम जद्रानले १५ रन जोडे । श्रीलंकाका वानिदु हसरंगाले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रनमा सिमित भयो । श्रीलंकाका लागि भानुका राजापाक्षाले सर्वाधिक ३८ तथा चामिका कारुणारत्नेले ३१ रन जोडे । अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ३ विकेट हात पारे । आइतबार समूह ‘ए’ मा रहेका पाकिस्तान र भारतबीच खेल हुनेछ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…