SamwadKhabar logo

               

धर्मशास्त्र

तीजको धार्मिक एवं पौराणिक महत्व

देवराज रिजाल

देवराज रिजाल

तीजको धार्मिक एवं पौराणिक महत्व
भाद्र १३, काठमाडौँ । हिन्दु धर्ममा विशेष गरि हिन्दू महिलाहरूले हरितालिका तीज हरेक वर्षको भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म गरी चार दिनसम्म मनाइने पर्व हो । यस दिन हिन्दू धर्मालम्बी महिलाहरू रातो पहिरनमा श्रृङ्गारिएर भगवान शिवजीको आराधाना गर्ने, निर्जल, निराहार उपवास बस्ने गर्छन् । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परागत रूपमा चल्दै आएका हुन्छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसङ्गसँग सम्बन्धित छ । पौराणिक कथाअनुसार एउटा यज्ञको समारोहमा सति देवीले आफ्नै पिताद्वारा आफ्नो पति महादेवको अपमान उनलाई असहाय भयो । सतिले होमनको आगोमा देह त्याग गरिन् । त्यसपछि सतिको पुर्नजन्म पार्वतीको रूपमा भयो । जो सानैदेखि शिवजीप्रति समर्पित थिइन् । जब उनको विवाहको उमेर भयो उनका मातापिताले विष्णुसँग विवाह गराउने तयारी गरे । यसले उनी निकै दुखी भइन् । उनको दुखलाई बुझेर उनको साथीसंगीले अपहरणको शैलीमा एउटा जंगलमा लिएर गए । त्यहाँ पार्वतीले विना अन्न पानीका साथ वर्षौसम्म कडा तपस्या गरिन् । फलस्वरूप पार्वतीको कठोर तपस्याबाट प्रभावित भएर महादेव प्रकट भए । उनीसँग विवाह गर्न राजी भए । यसरी पार्वतीलाई साथीसंगीले हरण गरेर लगेको हुनाले हरित (हरण) आलिका (साथीसंगीं) हरितालिका तीज नामकरण गरिएको हो भन्ने पनि जनमानसमा धारणा छ । साथै हिमालयकी पुत्री पार्वतीले भगवान शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकुँ भनेर गरेको तपस्या असफल हुँदा जगत्का पालनकर्ता भगवान विष्णुले भगवान शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधि बताएका थिए । हरि९विष्णु०ले दिएको जानकारी अनुसार पार्वतीले व्रत बसेपछि भगवान शिवजी खुशी भई प्रकट भए । विवाह गर्न स्वीकारे । त्यसैले पनि हरि(विष्णु) सल्लाहअनुसार पूजाआराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकोले हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा) को नामकरण गरिएको हो भन्ने पनि जनमा मान्यता रहेको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाहरूले सुयोग्य वर पाऊँ भनी तीजका रूपमा भगवान शिवजीको व्रत बस्ने चलन रहन गयो । त्यसपछि हरेक वर्ष यस दिनलाई तीजको रूपमा मनाउन थालियो । पार्वतीको व्रत सफल भएर महादेव वर पाएको हुनाले यस खुशीको उपलक्ष्यमा यस दिन नाचगान गरी उत्सव मनाउन थालिएको हो । दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा–मीठा परिकार खाने चलन छ । तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा छ । यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तीजका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । पञ्चमीका दिन अरून्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमानले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ । हिजोआज तीज भड्किलो हुँदै जानुको साथै रमझममा पश्चिमेली शैली मिसिन थालेको स्पष्ट देखिन्छ । यहाँ तीजको रौनक साउनदेखि नै शुरू हुन्छ । वर्तमानमा आफूलाई आधुनिक ठान्ने माहिलाहरू होटलमा भेला भएर पार्टी गर्ने नाचगान गर्ने र विभिन्न पेय पदार्थ सेवन गर्ने गरेको यस्ता विकृति समाजमा देखिन थालेको छ । साथै अहिले सुन्दर देखिन मात्र नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि छ । यो तीजका नाममा भित्रिएको सबैभन्दा नकारात्मक पक्ष हो । फलस्वरूप तीज केही उत्ताउलो समेत हुन थालिएको र यसको मौलिकता पनि हराउदै गएकोे हाम्रो पाको व्यक्तिहरूबाट गुनासो बढ्न थालेको छ । अनादिकालदेखि नै तीजको इतिहास पार्वती र शिवसँग जोडिने भएकाले तीजको अस्तित्व निकै ठूलो महत्व रहेको छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको स्पष्टरूपमा देखिन्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीज मात्र नभई हरेक चाडपर्वलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नु आवश्यक छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य भने बनाउनु हुँदैन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…