SamwadKhabar logo

               

धर्मशास्त्र

स्वास्थ्यका लागि मुद्रा

संवाद खबर

संवाद खबर

स्वास्थ्यका लागि मुद्रा
मुद्रा र योगासनहरूबारे जानकारी दिने सबैभन्दा पुरानो ग्रन्थ घेरण्ड संहिता हो । हठयोगका तीन प्रमुख ग्रन्थहरू— घेरण्ड संहिता, हठयोग प्रदीपिका तथा शिवसंहितामध्ये यो सबैभन्दा प्राचीन हो । महर्षि घेरण्डले रचना गर्नु भएको हठयोगको यो ग्रन्थ सबैभन्दा विशाल र परिपूर्ण छ । हाम्रो शरीर पाँच तत्व र पञ्चकोशले निर्मित छ । जे ब्रह्माण्डमा छ त्यही शरीरमा पनि छ । शरीरलाई स्वस्थ बनाएर राख्ने शक्ति पनि स्वयं शरीरमै छ । यसै रहस्यलाई जानेका हाम्रा मनिषिहरूले योग र आयुर्वेदमा यम, नियम, आसन, प्राणायाम, बन्ध र मुद्रा आदिको आविष्कार गर्दै तिनको लाभबारे जानकारी गराएका छन् । आरोग्यका यिनै उपायहरूमध्ये एउटा हो हस्त मुद्रा, जसको महत्व अचेल धेरैले बुझ्न थालेका छन् । मानव शरीर पाँच तत्वहरू– पृथ्वी, जल, अग्नि, वायु र आकाश मिलेर बनेको छ । शरीरमा नै पाँच कोश पनि छन्– अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोश । शरीरमा यी तत्वहरूको सन्तुलन अथवा कोशहरू स्वस्थ रहनाले नै शरीर र मन स्वस्थ रहन्छ । यी पाँचै तत्वहरूमा असन्तुलन र घटी–बढ़ी हुनाले नै शरीर र मनमा रोगहरूको उत्पत्ति हुने गर्दछ । यिनीहरूलाई पुनः सन्तुलित र स्वस्थ बनाउनका लागि गरिने विविध उपायहरूमध्ये एउटा उपाय हो हस्त मुद्रा । औंलाहरूमा पञ्चतत्व हाम्रो शरीरमा झैँ हातका औँलाहरुमा पनि पञ्चतत्व रहेको हुन्छ । बूढी औंलमा अग्नि, तर्जनीमा वायु, मध्यमा (माझी औँला) मा आकाश, अनामिकामा पृथ्वी, र कनिष्ठामा जल तत्व रहेका हुन्छन् । औँलाहरुमा रहेको पञ्चतत्व नै त्यो रहस्य हो जसले मुद्रा विज्ञानलाई जन्म दिएको छ । औंलाहरूका पाँचै वर्गबाट अलग–अलग विद्युत धारा प्रवाहित छन् । यसैले मुद्रा विज्ञानमा जब औंलाहरूलाई रोगानुसार आपसी स्पर्श गराइन्छ, तब रोकिएको या असन्तुलित विद्युत प्रवाह सन्तुलमा आएर शरीरको शक्तिलाई पुनः जगाउँदछ । यसरी हाम्रो शरीर निरोग हुन थाल्छ । यी अद्भुत मुद्राहरूले यसरी स्वास्थ्यको रहस्य बोकेका छन् । अर्थात् औंलाहरूको सहायताले विभिन्न मुद्राहरूद्वारा पाँच तत्वहरूलाई सन्तुलित गरेर स्वास्थ्य रक्षा एवं रोग निवारण गर्न सकिन्छ । मुद्रा विविध प्रकारका र विविध प्रयोजनका छन् । ती विभिन्न प्रकारका मुद्राहरूमध्ये केही मुद्राहरू तत्काल असर गर्ने हुन्छन् । जस्तै– शून्य मुद्रा, लिंग मुद्रा, आदित्य मुद्रा एवं अपान वायु मुद्रा । केही मुद्राहरू लामो समयको अभ्यासपछि मात्र आफ्नो स्थायी प्रभाव प्रकट गर्दछन् । यिनलाई हिँड—डूल गर्दा, उठ्दा–बस्दा ४५ मिनेटसम्म लगातार गर्नाले पूर्ण लाभ हुने गर्दछ । ज्ञान, प्राण, पृथ्वी, अपान, ध्यान, सहज शंख एवं शंख मुद्राका लागि कुनै समय सीमा छैन । धेरै गर्न सके धेरै लाभ हुनेछ । मुद्राहरू दुवै हातले गर्नु पर्दछ । एउटै हातका औंलाहरूमा मात्र मुद्रा गर्नाले पनि लाभ त हुन्छ, जस्तै– ज्ञान मुद्रा । देब्रे हातले जुन मुद्रा गरिन्छ, त्यसले शरीरको दाहिनेतिर भएका अंगहरूमा प्रभाव पार्दछन् र दाहिने हातले गरिएका मुद्राले देब्रेतर्फका अंगहरू प्रभावित हुन्छन् । मुद्रामा औंलाको स्पर्श गर्दा दबाव हल्का र सहज हुनुपर्छ । मुद्रामा प्रयोग भएका औंलाबाहेक, शेष औंलाहरू तन्काएर राख्नुभन्दा सहज भावले सीधे राख्न सकिन्छ । वास्तवमा मुद्रा–विज्ञान आफैमा एउटा समग्र शक्ति हो । यसमा औंलाहरूको मात्र नभएर शरीरका विभिन्न अवयवहरूको– श्वसनको तथा मनको विशिष्ट भाव–प्रवाहहरूको समावेश हुन्छ । मुद्राहरूको उल्लेख ‘घेरण्डसंहिता’ मा यस प्रकार छ– महामुद्रा नभोमुद्रा उड्डियानं जलन्धरम् । मूलबन्धो महाबन्धो महाबेधश्च खेचरी ।।१।। विपरितकारी योनिर्बज्रोली शक्तिचालिनी । ताड़ागी माण्डवी मुद्रा शाम्भवी पञ्चधारणी ।।२।। अश्विनी पाशिनी काकी मातंगी च भुजंगिनी । चतुर्विंशति मुद्राणि सिद्घदानीह योगिनाम् ।।३।। –घेरण्ड संहिता तृतीयोपदेश अर्थात्– (१) महामुद्रा (२) नभोमुद्रा (३) उड्डीयान (४) जालन्धर बन्ध (५) मूलबन्ध (६) महाबन्ध (७) खेचरी (८) विपरीत करणी (९) योनिमुद्रा (१०) बज्रोली (११) शक्ति चालनी (१२) ताड़ागी (१३) माण्डवी (१४) शाम्भवी (१५) अश्विनी (१६) पाशिनी (१७) काकी (१८) मातंगी (१९) भुजङ्गिनी (२०) पार्थिवी (२१) आम्भसी (२२) वैश्वानरी (२३) वायवी (२४) आकाशी । यी चौबीस मुद्रा साधनाहरू योग–साधकहरूलाई सिद्धि प्रदान गर्ने सामथ्र्य राख्छन् । गायत्री साधनामा पनि २४ मुद्राहरूको कुरा उल्लेख भएको पाइन्छ । (१) सुमुख (२) सम्पुट (३) वितत (४) विस्तृत (५) द्विमुख (६) त्रिमुख (७) चतुर्मुख (८) पंचमुख (९) षडमुख (१०) अधोमुख (११) व्यापकाञ्जलि (१२) शकट (१३) यम पाश (१४) ग्रन्थित (१५) सन्मुखोन्मुख (१६) प्रलम्ब (१७) मुष्टिक (१८) मत्स्य (१९) कूर्म (२०) बराहक (२१) सिंहाक्रान्त (२२) महाक्रान्त (२३) मुद्गर र (२४) पल्लव । हस्त मुद्राबाट लाभः मुद्रा सम्पूर्ण योगको सार स्वरूप हो । यसको माध्यमले कुण्डलिनी या शरीरमा रहेको ऊर्जाको स्रोतलाई समेत जाग्रत गर्न सकिने बताइन्छ । यसले नै अष्ट सिद्धिहरू र नौ निधिहरूको प्राप्ति सम्भव छ । सामान्यतः भिन्ना–भिन्नै मुद्राहरूबाट भिन्ना–भिन्नै रोगहरूमा लाभ मिल्दछ । मनमा सकारात्मक ऊर्जाको विकास हुन्छ । हस्त मुद्राहरूबाट लाभ हुने तथ्य प्रयोगद्वारा सिद्ध भएको हुँदाहुँदै पनि यसको प्रयोग आफूखुशी गर्नु हुँदैन । योगका आसन होउन् या मुद्राहरू, कुनै पनि विज्ञानको शिक्षा योग्य गुरु/आचार्यबाट लिएर नै गर्नु उपयुक्त एवं लाभप्रद हुन्छ । अनुभवी मार्गदर्शकको परामर्श नलिइ, जथाभावी प्रयोगले विपरीत परिणाम पनि आउन सक्छ, यसर्थ सचेत र सावधानी अपनाउनु आवश्यक हुन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…