SamwadKhabar logo

               

शिक्षा

सरकारले ‘स्टडी इन नेपाल’अभियान थालनी गर्ने

संवाद खबर

संवाद खबर

सरकारले ‘स्टडी इन नेपाल’अभियान थालनी गर्ने
भदौ १६, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने भएको छ । बुधबार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा स्टडी इन नेपाल अभियानको थालनी गर्ने निर्णय गरेको हो । छलफलमा विदेशस्थित नियोगहरुलाई सहजीकरणका लागि आवश्यक निर्देशन दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘भिषालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाईमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यसले विदेशी विद्यार्थी नेपाल आएर पढ्ने वातावरण बन्छ ।’ छलफलमा मन्त्री पौडेलले नयाँ विषयको आवश्यकता फरक जनशक्ति उत्पादनमा शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताउनुभयो । छलफलमा सहभागीले नविकरण, कार्यक्रम थप र विश्वविद्यालयको सम्बन्धन परिर्वतन, कार्यक्रमको नाम संस्थाको नाम, स्थान परिर्वतन, समकक्षता सम्बन्धन, विदेशी मुद्रा सटही लगायतका विषयमा समस्या रहेको बताएका थिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…