SamwadKhabar logo

               

शिक्षा

निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा बिकास गर्ने उद्घोष

संवाद खबर

संवाद खबर

निर्वाचन क्षेत्रलाई शैक्षिक हबका रुपमा बिकास गर्ने उद्घोष
भदौ १७, काठमाडौँ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा बिकास गर्ने उद्घोष गर्नुभएको छ । बिहिबार स्थानीय पुर्वाधार साझेदारी सांसद बिकास कोष अन्तर्गत निर्माण भएका विद्यालय भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले निर्वाचन क्षेत्रका विद्यालयहरुमा प्राविधिकधारका विषयहरु विस्तार गरी शैक्षिक हबका रुपमा बिकास गर्ने उद्धेश्य लिएको बताउनुभएको हो । मन्त्री अथकले बिहिबार एकैदिन ३ वटा विद्यालयमा निर्मित भवनको उद्घाटन गर्नुभएको छ । टिनका छाना बिस्तापित गर्ने र पक्की भवन स्थापित गर्ने अभियान अन्तरर्गत राप्ती सोनारी गाँउपालिकाका बिभिन्न वडाका ३ वटा बिद्यालय भवन उद्घाटन गरिएको हो । जस अन्र्तगत मन्त्री अथकले राप्तीसोनारी ६ को जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गर्नुभएको हो । त्यसैगरी राप्तीसोनारी ६ कमैया डाँडामा रहेको सु–कमैया आधारभुत बिद्यालयको २ कोठे भवन तथा राप्ती सोनारी ३ भवानियापुरमा रहेको सरस्वती माबिको ८ कोठे पक्की भवनको समेत उद्घाटन गरीएको छ । नवनिर्मित भवनहरुको उद्घाटन गर्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई १०० वटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताउनुभयो । उहाँले ५०० भन्दा बढि विद्यार्थिहरुलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता समेत जनाउनुभएको छ । मन्त्री अथकले संघिय सांसदमा निर्वाचित भए लगतै आफ्नो निर्वाचन क्षेत्रमा टिनको छानो बिस्थापन अभियान सञ्चालन गर्दै आउनुभएको छ । शिक्षा क्षेत्रको सुधार नगरी समग्र बिकासले गति नलिने भन्दै मन्त्री अथकले आफ्नो मुख्य प्राथामिकतामा शिक्षा रहेतापनि आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभएको छ । हरेक विद्यालयलाई प्राविधिकधारमा लैजानुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अथकले पहिलो चरणमा निर्वाचन क्षेत्रका तिन वटै पालिकाका ४ वटा विद्यालयमा कृषि र सिभिल ईन्जिजियर तर्फको पठनपाठन सुभारम्भ गरीएको बताउनुभयो । उहाँले बाँके जिल्लाको समग्र बिकासका लागी आफु लागी पर्ने बताउनुभयो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नेकपा लुम्बिनी प्रदेश संसदीय दलको सचेतक पार्वती पुन (उषा), प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष, पत्रकार र स्थानीयको सहभागीता रहेको थियो ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

सिप मेलाबाट तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई मासिक १८ हजार पारिश्रमिक, 'अन द जब ट्रेनिङ्' मा पठाइने

५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशि…

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

१२ कार्तिक, काठमाडौं । शनिवार भएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रत…

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

९ कार्तिक, काठमाडौं । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्त…

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण

४ कार्तिक, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको…