SamwadKhabar logo

               

अर्थ व्यवसाय

अप्ठ्यारो समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्छः रजिष्ट्रार

संवाद खबर

संवाद खबर

अप्ठ्यारो समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्छः  रजिष्ट्रार
भदौ २०, काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हकहित संरक्षण र वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको समाजले आज एक कार्यक्रमको आयोजना गरेर १२ औं स्थापना दिवस मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुसंग साझेदारीमा कार्यक्रम गर्न विभाग तयार रहेको बताउनुभयो । सहकारीलाई अप्ठ्यारो परेको समयमा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्ने भएकाले आफू नियामकीय भूमिकामा उदार भएर प्रस्तुत भएको प्रष्टिकरण दिनुभयो । ‘वास्तवमा म उदार भएकै हो । उहाँहरुलाई अप्ठ्यारो परेको बेला धेरै च्याप्न हुँदैन’, उहाँले भन्नुभयो, ‘अवस्था सामान्य भएपछि सबै सहकारीको नियमनमा कडाई गर्छौं ।’   रजिष्ट्रार पण्डितले अहिले विभागले केन्द्रीय संघहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर कडाईका साथ नियमन गरिरहेको बताउनुभयो । सहकारी विभागले ६ वटा निष्क्रिय केन्द्रीय संघहरुलाई विवरण बुझाउन सूचना जारी गरेपनि हालसम्म दुई वटा संघले मात्र विभागमा प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । ‘दुईवटा केन्द्रीय संघको प्रतिवेदन अध्ययनको क्रममा छ’, उहाँले भन्नुभयो, ‘बाँकी चार वटा कठिन अवस्थामा छन् ।’ रजिष्ट्रार पण्डितले सहकारी ऐन, २०७४ को दफा ८ र ७३ बमोजिमको विवरण नबुझाउने संघहरुविरुद्ध विभाग एक्सनमा जाने चेतावनी दिनुभयो । सहकारीमा देखिएको समस्याबारे धेरै हल्ला फैलिएकाले पनि संस्थामा बचतकर्ताहरुको लाईन लागेको बताउनुभयो । हल्लाको भरमा आवधिक बचतको पैसा फिर्ता माग्न जाने प्रवृत्तिले गर्दापनि समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साना सहकारीमा नियमित बचत नभई प्रिमेचुअर आवधिक वचत फिर्ता माग्न गएकाले समस्या देखिएको हो ।’ साना सहकारीलाई व्यवस्थापन गरेर बलियो संस्था निर्माण गर्नका लागि सहकारीहरुबीच एकीकरण गर्न आवश्यक भएपनि एकीकरण प्रकृया कानुन सम्मत हुनुपर्ने कुरामा जोड दिनुभयो । हाल केही सहकारीले एकीकरण गर्दा नियामक निकायलाई समयमै जानकारी नदिनुका साथै संचालक समिति पुनर्गठन गर्दा समावेशीताको सिद्धान्तलाई पनि पालना नगरेको पाएकाले विभागले भोलि सम्ममा निर्देशन जारी गर्ने जानकारी गराउनुभयो । सहकारी विभागले सदस्यको बचतको सुरक्षाका लागि आफ्नो नियमन क्षेत्रभित्र रहेका ठूलो कारोबार गर्ने सहकारी संस्थाका संचालक र व्यवस्थापकहरुको नागरिकता सहितको तीन पुस्ते विवरण माग गरेको जानकारी गराउनुभयो । सहकारी विभागले आम समुदायमा सहकारीप्रति विश्वासको वातावरण बनाउनका लागि वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको बताउनुभयो । साथै उहाँले सहकारीले आगामी पुसमा वार्षिक साधारण सभा सम्पन्न गरेर नियामक निकायमा विवरण बुझाएपछि सहकारी विभागले माघ महिनामा सहकारीको अद्यावधिक तथ्याङ्क प्रकाशन गर्ने जानकारी दिनुभयो ।  यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंक वित्तीय संस्थाले तरलताको अभाव टार्न ल्याएको अस्वभाविक स्किमले गर्दा सहकारी क्षेत्रको तरलता प्रभावित भएको बताउनुभयो । ‘मैले आजसम्म बैंकले २० वर्षमा १० गुणा पैसा दिन्छु भनेर स्किम ल्याएको देखेको थिईनँ,’ उहाँले भन्नुभयो, ‘यही स्किमले सहकारी क्षेत्र पीडित भएको हो ।’ सहकारी सदस्यहरुको स्वनियमन र नियन्त्रणमा संचालन हुने संस्था भएकाले समस्या उत्पन्न हुनुमा संचालकहरुका साथै सदस्यहरुको पनि दोष रहेको भनाई राख्नुभयो । ‘सदस्यहरुले आफ्नो जिम्मेवारी महसुस गर्नुभएन,’ उहाँले भन्नुभयो, ‘सदस्यले आफ्नो अधिकार खोज्ने मात्र नभई कर्तव्य पनि निर्वाह गर्नुपर्छ ।’ वरिष्ठ उपाध्यक्ष मल्लले समुदायमा आधारित सहकारीमा समस्या नरहेको प्रष्ट पार्दै पारिवारिकरुपमा संचालित तथा मूल्य, मान्यता, सिद्धान्त र नियम कानुन पालना नगर्ने सहकारीमा समस्या देखिएको भनाई राख्नुभयो । शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उप्रेतीले मुलुकको वित्तीय बजारमा बैंक वित्तीय संस्थाहरुले सुरु गरेको अस्वस्थ प्रतिस्पर्धाका कारण तरलताको अभाव सिर्जना भएको बताउनुभयो । ‘अघिल्लो दिन ७ प्रतिशत व्याजदर भएका वाणिज्य बैंकले भोलिपल्ट ११ प्रतिशत पु¥याए । बैंकहरु कस्ले जग्गा बेचेको छ, को संग पैसा छ भन्ने खोज्दै संस्था संस्थामा पुगे,’ उहाँले भन्नुभयो, ‘यस्तो अस्वस्थ प्रतिस्पर्धाले सहकारीमा पनि समस्या उत्पन्न गरेको हो ।’ कानुन अनुसार १० देखि २० प्रतिशत सम्म तरलता राखेका सहकारीमा पनि अत्याधिक बचत फिर्ताको माग आउँदा समस्या उत्पन्न हुनसक्ने उल्लेख गर्दै उहाँले बचत फिर्ता गर्न नसक्ने सहकारीका संचालकलाई जेलमा थुनेर समस्या समाधान नहुने जिकीर गर्नुभयो । सहकारी बैंकले नियमित कारोबार गर्ने सदस्य संस्थाहरुको तरलता पाँच प्रतिशत भन्दा कम भएको अवस्थामा कर्जा दिनका लागि ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको जानकारी गराउनुभयो । उहाँले सबै सहकारी अनिवार्य सुशासनमा बस्नुपर्ने आवश्यकता औंल्याउँदै राज्य, अभियान, बचतकर्ता सदस्य र संचालकहरुले मिलेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा बजारमा चर्चा गरेजति समस्या नरहेको बताउनुभयो । सहकारी अभियानमा सुधारको आवश्यकता औंल्याउँदै उहाँले मिडियाले धमिलिएको सहकारी अभियानलाई सङ्ल्याउने काम गर्नुपर्ने भनाई राख्नुभयो । संस्थाका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वहरु अध्यक्ष यादव हुमागाई, डिल्ली सापकोटा र खिलानाथ दाहालले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मान तथा पुरस्कार वितरण सिजेएनले १२ औं स्थापना दिवसको अवसर पारेर सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार र संस्थापक सम्मान समेत प्रदान गरेको छ । समाजले यसवर्ष कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार सुदिप पोखरेललाई सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उहाँलाई प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नगद २० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्नुभयो । यसैगरी सिजेएनले निवर्तमान अध्यक्ष खिलानाथ दाहाललाई यस वर्ष संस्थापक सम्मान प्रदान गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …