SamwadKhabar logo

               

राजनीति

काँग्रेसको घोषणापत्र लेखन वी.पी. संग्रहालय सुन्दरीजलबाट सुरु

संवाद खबर

संवाद खबर

काँग्रेसको घोषणापत्र लेखन वी.पी. संग्रहालय सुन्दरीजलबाट सुरु
भदौ २६, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका लागि पार्टीको घोषणापत्र सुन्दरीजल स्थित वी.पी संग्रहालयबाट सूरु गरेको घोषणा गरेका छन् । १०९ औँ वी.पी. जयन्तीका अवसरमा सुन्दरीजल पुगेका महामन्त्री शर्माले काँग्रेसको घोषणापत्र लेखन कार्यको प्रारम्भ गरेको बताए । नेपाली राजनीतिमा क्रान्ति ल्याउन सफल, समाजवादको पदप्रर्दशक एवम् राजनीतिक संस्कार देखाउने व्यक्तित्व जननायक वी.पी. कोईरालाको सालिकमा माल्याअर्पण गरी घोषणापत्र लेखन कार्य सुरु गरेको घोषणा गरेका हुन् । महान्त्री शर्माले वी.पीको सालिकसंगै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, राम नारायण मिश्र, दिवान सिंह राई एवं योगेन्द्रमान शेरचनको सालिकमा पनि माल्यार्पण गरी कपूरको रुख समेत रोपेका छन् । शर्माले पार्टीले लोकतन्त्र र वी.पी. वादको अस्तित्वलाई बचाईराख्न समयसापेक्ष नेतृत्व विकास र रुपन्तरणमा विचार पु¥याउनु पर्नेमा जोड दिएका छन् । उनले पार्टीको १४ औ महाधिवेशनमा आफुले सुन्दरीजलको माटो छोएर वी.पी.कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतको शालिकमा माल्याअर्पण तथा विरुवा रोपेको स्मरण गराउँदै असल इमन्दार नेताहरु धर्ती छोडेर गएपनि सधैँ अमर रहिरने बताए । साथै पार्टीलाई सुदृढीकरण गर्दै लानुपर्नेमा जोड दिदै राजनीतिक संस्कारमा परिवर्तन गरी आउने निर्वाचनहरुमा पार्टीलाई थप बलियो बनाउन नेताकार्यकर्ताहरुलाई आग्रह गरे । एक समारोहकावीच पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा एवम् सहमहामन्त्रीहरु बद्रि पाण्डे, जीवन परियार सहितको टोली संग्रहालयमा उपस्थित भई जननायक वी.पी.को १०९ औँ जयन्ती स्मरणयोग्य बनाईदिनुभएकोमा संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले धन्यवाद व्यक्त गरेका छन् । माल्याअर्पन गर्न गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, पूर्व मेयर सन्तोष चालिसे लगायत नेता कार्यकर्ता संग्रहालय पुगेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…