SamwadKhabar logo

               

अर्थ व्यवसाय

खाद्यले दसैँमा च्याङ्ग्रा नल्याउने, तीन जिल्लाबाट खसीबोका भित्र्याउने तयारी

संवाद खबर

संवाद खबर

खाद्यले दसैँमा च्याङ्ग्रा नल्याउने, तीन जिल्लाबाट खसीबोका भित्र्याउने तयारी
भदौ २६, काठमाडौं । गत वर्षको दसैँमा च्याङ्ग्रा बिक्री नगरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले यो वर्ष मकवानपुर, धादिङ र दाङबाट दसैँका लागि खसी र बोका खरिद गर्ने भएको छ । हाल यी जिल्लाहरूमा खसीबोका खरिद गर्ने प्रक्रिया अघि बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद चन्दले अहिले विभागबाट सम्बन्धित निकायलाई पत्र काटिसकेको बताए । अब खसीबोका खरिद गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गर्ने उनले। जानकारी दिए । “हामीले यो वर्ष च्याङ्ग्रा खरिद गर्दैनौँ । हामीले खसीबोका तीन जिल्लाबाट ल्याउने प्रक्रिया अगाडि बढाइसकेका छौँ । असोज १० गतेभित्र सबै खसीबोका हामीले काठमाडौं भित्र्याउने छौँ,” उनले भने, “भेटेरिनरी डाक्टर र प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन मूल्यांकन टोली बनाइने छ । सो टिमले खसीबोकाको स्वास्थ्य अवस्था र गुणस्तर मापन गर्नेछ ।” कम्पनीले यस वर्षको दसैँमा दुई हजार खसीबोका काठमाडौं उपत्यकामा भित्र्याउने तयारी गरेको छ । त्यस्तै, असोज १ गतेदेखि दसैँलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी कम्पनीले गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …