SamwadKhabar logo

               

अर्थ व्यवसाय

नाडा ईभी एक्स्पो २०२२ आयोजना हुने

संवाद खबर

संवाद खबर

नाडा ईभी एक्स्पो २०२२ आयोजना हुने
भदौ २७, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नाडा ईभी एक्स्पो २०२२ आयोजना गर्ने भएको छ । सिएट टायरको प्रयोजनमा एक्स्पो हुन लागेको हो । विद्युतीय सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जलविद्युत्को उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास लिएको आयोजकले जनाएको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने नाडाले जनाएको छ । एक्स्पोमा सात वटा ब्रान्डका चार पाङग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा ब्रान्डका दुई पाङ्ग्रे, तीन वटा ब्रान्डका टायर, दुई वटा ब्रान्डका ब्याट्री, नौ वटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चार वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । एक्स्पोले नेपालमा विद्युतीय सवारी साधन बारेमा जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक सहयोग पुग्ने आयोजकले जानकारी दिएको छ । एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्स्योरेन्सका स्टलहरु रहने छन् भने एक्स्पोसम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । एक्स्पोमा सहभागी हुनको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । खल्ती एपबाट टिकट लिन सकिन आयोजकले जानकारी दिएको छ । उक्त एक्स्पो असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …