SamwadKhabar logo

               

अर्थ व्यवसाय

गाईभैँसीको सुत्केरी खर्चमा ६ लाखकाे बजेट विनियोजन

संवाद खबर

संवाद खबर

गाईभैँसीको सुत्केरी खर्चमा ६ लाखकाे बजेट विनियोजन
भदौ २८, पर्वत । यहाँको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गरिने भएको छ । स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो । विहादीले पालिकाभित्रका छवटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहने गर्ने कार्यक्रम समेत ल्याएको छ । विहादीले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाईपालन गरेका कृषकलाई प्रोत्साहन गर्नका लागि र गाईपालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभयो । गाई अभावमा विभिन्न पूजापाठमा समेत गाईको दस्तुर जनाउँदै दक्षिणा राखेर उम्काउने गरिएको छ । नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ । उक्त कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिनुभयो । अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाच्छीको तस्वीरसमेत संलग्न गर्नुपर्नेछ । जिल्लामा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने जनाउँदै कृषक स्थानीय गाईपालन गर्न छाडेका हुन् । पालिकाले न्यूनतम रु पाँच हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि जिल्लाका सबैजसो पालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने सुरु गरेका थिए । भैँसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुका रूपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैँसी संरक्षणका लागि उक्त कार्यक्रम लागू गरेका थिए । यस्तै भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख विनियोजन गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …