SamwadKhabar logo

               

विज्ञान प्रविधि

अवैध रुपमा भित्रिएका मोबाइल सेट नचल्ने प्रणाली आजदेखि लागू

संवाद खबर

संवाद खबर

अवैध रुपमा भित्रिएका मोबाइल सेट नचल्ने प्रणाली आजदेखि लागू
भदौ ३०, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा भित्रिने मोबाइल सेटहरू दर्ता नगरी नचल्ने प्रणाली लागू गरेको छ । लामो समयको प्रयासपछि प्राधिकरणले डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गरेको हो । चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यले यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ । दर्ता नगरी ती मोबाइल सेटहरु चल्ने छैनन् । यो प्रणाली लागू हुनुभन्दा अघि चलनमा आएका मोबाइल सेटहरु भने स्वतः चल्नेछन् । सर्वसाधारणले नयाँ मोबाइल सेट किन्दा एमडीएमएस प्रणालीमा दर्ता भए नभएको पक्का गरेर मात्रै किन्नुपर्ने पनि प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।त्यसैगरी, मोबाइल आयातकर्ता तथा बिक्रेताहरुलाई पनि स्वीकृत लिएर मात्रै बिक्री गर्न निर्देशन दिइएको छ । वैधानिक रुपमा मोबाइल सेट आयात गर्दै आएका ब्यापारीहरुले चोरी पैठारी तथा गैरकानुनी आयात रोक्नका लागि दबाब दिँदै आएका थिए । पछिल्लो समय सरकारले ३ सय डलरभन्दा माथिका मोबाइल सेट आयातमा प्रतिबन्ध लगाएपछि चोरी पैठारी झन् बढेको ब्यापारीहरुको दाबी छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्य…

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

५ भाद्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य …

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

१९ असार, काठमाडौं । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अ…