SamwadKhabar logo

               

अर्थ व्यवसाय

ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली

संवाद खबर

संवाद खबर

ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली
असोज १२, काठमाडौँ । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीको नाममा रकम असुली भएको छ । ट्राफिक प्रहरी जवान रवीन्द्रकुमार यादवले प्रमुख चौधरीको नाममा रकम असुली गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यादवले नयाँ बानेश्वर, धोबीखोला किनारमा रहेका होटेलबाट रकम असुली गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी लक र फलामको साङ्लो लिएर हिड्ने यादव गाडी र मोटर साइकलमा लक लगाएपछि सम्झाई बुझाइ गरेको जस्तो गर्ने, गाडी र मोटर साइकल नम्बर डायरीमा टिपेर राख्ने र दुईदेखि पाँच सय रुपियाँ घुस लिएर लक खोल्ने गरेका छन् । योसँगै यादवले आफूले खोला किनारमा पार्किङ् गर्न दिएकाले दशैँको बेला सहयोग गर्नुपर्ने अन्यथा पार्किङ् गर्न नदिने भन्दै त्यस क्षेत्रका पसल र होटलसँग रकम माग गर्ने गरेका छन् । यसरी उठाएको रकम माथिसम्म पुर्याउनुपर्ने भन्दै यादवले उजुरी गरे राम्रो नहुने भन्दै धम्क्याउँदै आएको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …