SamwadKhabar logo

               

राजनीति

बैतडीमा एक्लै भिड्दै एकीकृत समाजवादी

संवाद खबर

संवाद खबर

बैतडीमा एक्लै भिड्दै एकीकृत समाजवादी
असोज २७, बैतडी । बैतडीमा सत्ता गठबन्धनभित्र खटपट चुलिएको छ । नेकपा एकीकृत समाजवादीले एउटा पनि सिट नपाएपछि खटपट भएको हो । एउटा प्रतिनिधिसभा क्षेत्र रहेको बैतडीमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने दुई प्रदेशसभा कांग्रेसले पाएको छ । एउटा पनि सिट नपाएपछि एकीकृत समाजवादी गठबन्धनविरुद्ध चुनावमा होमिएको छ । गठबन्धनको नेतृत्वकर्ता कांग्रेसभित्र पनि टिकट वितरणले असन्तुष्टि बढेको छ । प्रतिनिधिसभतर्फ माओवादीले पाएपछि कांग्रेसका पुराना नेता तथा पाटन नगरपालिकाका निवर्तमान मेयर केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् । गठबन्धनबाट बैतडीमा माओवादी केन्द्रका नरेन्द्र कुँवर उम्मेदवार छन् । कुँवरविरुद्ध कांग्रेसका चन्दले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले बुधबार ‘पुतली’ चुनाव चिन्ह पाएका छन् । कांग्रेसले बैतडी प्रतिनिधिसभा अरुको भागमा परेमा गठबन्धन नगर्ने निर्णय गरेको थियो । माओवादीको भागमा परेको प्रतिनिधिसभा आफ्नो भागमा पार्न दबाबका लागि बैतडीका नेताहरु काठमाडौँसम्म धाएका थिए । कांग्रेसकै भागमा परेको प्रदेशसभामा समेत कांग्रेसकै बागी उम्मेदवार छन् । प्रदेशसभा ९१०मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस नेता हरिमोहन भण्डारीले उम्मेदवारी फिर्ता लिएनन् । उनले ‘धारा’ चुनाव चिन्ह पाएका छन् । कांग्रेसबाट प्रदेशसभा ९१०मा वीरबहादुर विष्ट उम्मेदवार छन् । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले कुनै पनि क्षेत्र नपाएपछि नेता नरेन्द्र विष्टले उम्मेदवारी दिएका थिए । प्रदेशसभा ९१०मा उनको उम्मेदवारी कायमै छ । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले भने उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमालेमाथि हाबी हुने मानिएको सत्ता गठबन्धनलाई बैतडीमा सत्तारुढ दल कांग्रेस र एकीकृत समाजवादीका बागी उम्मेदवारले चुनौती थपिएको छ । नेकपा एमालेबाट प्रतिनिधि सभातर्फ सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…