SamwadKhabar logo

               

राजनीति

ग्रमिण सडक सञ्जालहरुलाई व्यवस्थित बनाई आर्थिक वृद्धिस्तर बढाउने– सूर्यमान दोङ

संवाद खबर

संवाद खबर

ग्रमिण सडक सञ्जालहरुलाई व्यवस्थित बनाई आर्थिक वृद्धिस्तर बढाउने– सूर्यमान दोङ
कात्तिक ८, काठमाडौँ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि काभ्रे निर्वाचन क्षेत्र १ मा सडक सञ्जालहरुलाई व्यवास्थित बनाई जनताको आर्थिक वृद्धिस्तर बढाउने वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार सूर्यमान दोङ (लालध्वज) ले बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएका हुन् । ‘विकास निर्माणसंगै आर्थिक र सामाजिक सचेतनाका लागि गठबन्धनका उम्मेद्वारहरुले लोकप्रिया र दूरदर्शी रणनीति बनाएका छन्’ – उनले भने । प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट उम्मेद्वार बनेका दोङले मतदाताहरु सचेत भईसकेका छन्,  गठबन्धनले बोकेको रणनीतिकै कारण निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुको जीत सुनिश्चित रहेको बताए । पूर्व राज्यमन्त्री समेत भइसकेका सूर्यमान दोङले आफ्नो अनुभवलाई थप परिमर्जन गर्दै जनताको आवश्यकतालाई मध्येनजर गरी निर्वाचन क्षेत्रभित्रका सडक सञ्जालहरुलाई पूर्ण रुपमा व्यवस्थित बनाउने र आर्थिक वृद्धिस्तर बढाउने लक्ष्य प्रस्तुत गरे । त्यस्तै नमोबुद्धदेखि रोशी गाउँपालिका हुँदै तारा खस्यौली पर्यटकीय क्षेत्र र दुई गाउँपालिकाहरु महाभारत र खानीखोला जोड्ने सडक सञ्जाललाई विशेष प्रामिकतामा राखेर केन्द्रीकृत योजनामा लाने बताए । उनले एमालेका उम्मेद्वार रेशम लामालाई इंकित गर्दै व्यवस्था विरोधी र संविधानलाई समाप्त पार्ने उम्मेदवारबाट जनताले कुनै आशा गर्न नसकिने बताए । जनताले समयानुसार परिवर्तन चाहेको र आफ्नो अधिकारको पूर्ण रुपमा प्रयोग गर्न पाउने स्वतन्त्रता खोजेको कुरा गठबन्धनले मात्र पूरा गर्न सकिने भएकोले सहयोग गर्न सुझाए । ‘सहकार्य र साझेदारी मार्फत मात्र विकास सम्भव हुन्छ त्यो कुरा गठबन्धनका उम्मेद्वारले मात्र पूरा गर्न सक्छ’ – दोङले भने । त्यस्तै काभ्रे क्षेत्र नं. १ प्रदेश (ख) नेपाली काँग्रेसबाट गठबन्धनका साझा उम्मेद्वार बनेका तीर्थ लामाले सामाजिक परिवर्तन र विकासको गतिलाई तिब्रस्तरमा वृद्धि गर्न आफ्नो उम्मेद्वार रहेको बताए । संविधान सदस्य एवम् नेपाली काँग्रेस काभ्रेका जिल्ला सभापति समेत रहेका लामाले निर्वाचन क्षेत्रमा युवा वेरोजगार समस्या अन्त्य गर्न उत्पादन केन्द्रीत रणनीतिक कार्यक्रमहरु ल्याउने प्रतिवद्धता गरे । निर्वाचन क्षेत्रका प्रत्येक वडा गाउँबस्तीका जनभावनालाई आत्मासाथ गर्दै विभेदरहित ढंगले योजना प्रस्तुत गर्ने उम्मेद्वार लामाले प्रतिबद्धता जनाए । उनले मंसिर ४ को निर्वाचन अग्रगमन र प्रतिगमन बीचको लडाइँ रहेको बताउँदै कानुन मास्न खोज्ने विरुद्ध नागरिकहरु सचेत हुनपर्ने बताए । त्यस्तै काभ्रे क्षेत्र नं. १ का लागि नेकपा (एकीकृत समाजवाद) कलम चिन्हबाट उम्मेद्वारी रहेकी रामदेवी तामाङले विकास निर्माणसंगै पयटकीय क्षेत्रको प्रचारप्रसारमा जोड दिईन् । काभ्रे संघीय राजधानी नजिकै रहेको र प्राकृतिक, साँस्कृतिक एवम् धार्मिक पर्यटकीय क्षेत्रहरु ओझेलमा रहेका कारण आर्थिक रुपमा पछाडि परेको बताईन् । उनले काभ्रेको तारा खस्यौली पोखरी, नमोबुद्ध, तीनधार झर्ना, तेमाल क्षेत्रको साँस्कृतिक सम्पदा लगायतको संरक्षण र विकासमा जोड दिने बताईन् । नमोबुद्ध नगरपालिकाको उपमेयर समेत बनिसकेकी तामाङले सुशासन, विकास योजना तथा महिलाहरुको सीप विकाससंगै आर्थिक रुपमा सबल बनाउने योजनाहरु प्रस्तुत गरिन् । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य एवम् काभ्रे क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटिका सहसंयोजक लाप्साङ लामाले राज्य व्यवस्था परिवर्तनमा सहयोग पु¥याउन सहकार्य र साझेदारीको भावनाअनुरुप गठबन्धन बनेको बताए । सोही क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेद्वारी नरहे पनि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न र गराउन सबैलाई आह्वान गने बताए । गठबन्धनको जीत भनेको मूलुककै समृद्धि र परिवर्तनका लागि हो । राजनीतिक छाडापन, अहमतावाद एवम्   निरंकुशतन्त्रको अन्त्य गर्न पाँच दलीय गठबन्धन भएको प्रस्टयाए । पत्रकार एवम् समाजवादी प्रेस संगठन काठमाडौँका अध्यक्ष भीम लामाले सहजीकरण गरेको सो कार्यक्रममा रोशी गाउँपालिकाबाट काठमाडौँमा आई विभिन्न पेसा व्यवसायी गरी बस्नुभएकाहरुसंग परिचय तथा भेटघाट कार्यक्रम गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…