SamwadKhabar logo

               

शिक्षा

५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा

संवाद खबर

संवाद खबर

५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा
कात्तिक १५, बागलुङ । शक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा पुर्याएको बताउनुभएको छ । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको दाबी गर्नुभएको छ । “हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान” सञ्चालन गरी १० वर्षे विद्यालय सुधार योजना सार्वजनिक गरेका छौं,” उहाँले भन्नुभयो, “हालसम्म देशका ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सुविधा पुर्याएका छौं आगामी वर्षसम्म ६५ प्रतिशत पुर्याउँछौं ।” बजेटमा ८ कक्षासम्म निःशुल्क खाजाको व्यवस्था भएपनि हाल सरकारले ६ कक्षासम्म लागू गरेको बताउँदै आगामी वर्षसम्म ८ कक्षासम्म पुर्याउने बताउनुभयो । राजनीतिक प्रसंग निकाल्दै उहाँले समावेशी चरित्रका आधारमा जनताको मौलिक अधिकार प्राप्तका लागि लेखिएको संविधान कार्यान्वयन गर्नेक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुक्का हानेको आरोप लगाउनुभएको छ । संविधान र मौलिक हक, सार्वभौमिकताको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताउनुभयो । देशमा एसपीपी विषय आउने बित्तिकै कुटनीतिक सम्बन्ध अप्ठ्यारोमा नपर्ने गरी मित्रवत् रुपमा मन्त्रिपरिषद्बाट अस्वीकार गरेको बताउनुभयो । गठबन्धन टुट्याउन विदेशीहरु नेपाल आएपनि उनीहरु सफल नभएको बताउनुभयो । संविधान सभा सदस्य निरज पुनले अहिलेको प्रणाली ल्याउन कांग्रेस, माओवादीसहितका दलको भुमिका रहेको बताउनुभयो । प्रदेश सभा सदस्य उम्मेदवार जीतबहादुर शेरचनले सरकार सञ्चालनमा देखिएका बेतिथिहरुलाई तोड्न गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । सांसद र मन्त्री नभएपनि जनताका लागि काम गरेको बताउँदै जनताको सिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधिसभा समानुपातिक उम्मेदवार रेनुका काउचा, नेकपा माओवादी केन्द्रका प्रदेश सभा समानुपातिक उम्मेदवार मेखबहादुर विक, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजीव घिमिरे, राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोखरेललायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…