SamwadKhabar logo

               

राजनीति

विकासको मूख्य हिस्सेदार सञ्चार क्षेत्र हो– मन्त्री श्रेष्ठ

संवाद खबर

संवाद खबर

विकासको मूख्य हिस्सेदार सञ्चार क्षेत्र हो– मन्त्री श्रेष्ठ
कात्तिक १६, काठमाडौँ । मंसिर ४ को निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल र उम्मेद्वारहरु मतदातालाई विभिन्न योजना सुनाउँदै आफूतर्फ आर्कषित गराईरहेको बेला काठमाडौँ क्षेत्र नं. ८ मा भने मतदाता आफैले साथ दिएको भन्दै आफ्नो जीत सुनिश्चित रहेको प्रतिनिधि सभा सदस्यको उम्मेद्वार जीवनराम श्रेष्ठले बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका श्रेष्ठले काठमाडौँ क्षेत्र नं. ८ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट गठबन्धनको साझा उम्मेद्वार बनेका मन्त्री श्रेष्ठले आज पत्रकारहरुवीच कुराकानी गर्दै आफ्नो निर्वाचन क्षेत्र सांस्कृतिक सम्पदाको सहर भएकोले त्यसको संरक्षण र प्रचारमा विशेष जोड दिएको बताए । विश्व सम्पदामा सूचीकृत स्वायम्भूनाथ र विभिन्न मठ, मन्दिर देवालय र सांस्कृतिक विशेषताहरु भएकोले विश्वभरिका मानिसहरु अवलोकन र भ्रमण गर्न आउने वातावरण निर्माण गरिने बताए । स्थानीय स्तरमा विकास निर्माणको कामसंगै आर्थिक वृद्धिस्तर बढाउन स्वारोजगारका कार्यक्रममा विशेष ध्यान पु¥याउने बताए । पत्रकारहरुको प्रश्नमा उनले सञ्चार क्षेत्रमाई थप व्यवस्थित बनाउँदै श्रमजीवी पत्रकारहरुको हकहितको पक्षमा आफू रहेको बताए । कानुन तथा नीति निर्माण तहमा आफ्नो विशेष काम हुने भएको हुँदा खबरदारी र विकासको मूख्य हिस्सेदार सञ्चार क्षेत्र रहेकोले सञ्चारमैत्री कानुन निर्माणमा आफ्नो भूमिका रहने बताए । काठमाडौँ क्षेत्र नं. ८ मा वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वार प्रदेश (क) मा नेपाली काँग्रेसबाट राजुराज जोशी र प्रदेश (ख) मा नेपाली काँग्रेसकै उम्मेद्वार अमिन पाण्डे रहेका छन् । प्रदेश सभाका उम्मेद्वार पाण्डेले स्थानीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा बहुमत प्राप्त मत रहेको जिकिर गर्दै गठबन्धनको जीत सुनिश्चित रहेको बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…