SamwadKhabar logo

               

राजनीति

एमालेका नेता गौतमले गुल्मी २ मा झाँक्रीलाई सघाउने

संवाद खबर

संवाद खबर

एमालेका नेता गौतमले गुल्मी २ मा झाँक्रीलाई सघाउने
कात्तिक २०, रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् । गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार झाँक्रीलाई जिताउन सघाउने उनले आइतबार पत्रकार सम्मेलन मार्फत घोषणा गरेका छन् । सो क्षेत्रमा एमालेको तर्फबाट उम्मेदवार बनेका सचिव गोकर्ण बिष्टलाई लक्षित गर्दै कुनै समय आफ्नै पार्टीको प्रधानमन्त्री ढलाउन सर्वोच्च पुग्ने अनि त्यही पार्टीमा बस्ने नैतिक पतन भएकाहरुलाई आफुले सहयोग गर्न नसकेको उनले आरोप लगाएका छन् । पहिले माधबकुमार नेपाललाई उक्साएर अगाडि बढाउने र पछि साथ छाडेर पनि जिल्लामा आई कुनै आत्मआलोचना पनि नगरेकाले बिष्ट प्रवृत्तिका बिरुद्ध आफू लागेको उनको भनाई छ । आफुले एमाले पार्टी नछाडेको तर पार्टीले कुनै कारवाही गरेमा त्यसको परिणम भोग्न तयार भएर नै यस्तो निर्णय गरेको उनको दाबी छ । कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन पनि उनले सम्पूर्ण गुल्मेलीहरुलाई आग्रह गरेका छन् । गुल्मी क्षेत्र नम्वर २ मा नेकपा एमालेका सचिब तथा उम्मेदवार गोकर्ण बिष्ट २०५६ सालदेखि २०६४ सालमा बाहेक निर्वाचित भएका छन् । २०६४ सालमा नेकपा माओबादी केन्द्रका चन्द्रबहादुर थापा (सागर) ले बिष्टलाई पराजित गरेका थिए । अहिले पहिलेका सहयात्री बिष्ट एमालेबाट र झाँक्री गठबन्धनको तर्फबाट चुनाबी मैदानमा छन् । यसअघि कफि विकास बोर्डमा कार्यकारी अध्यक्ष रहेका गौतम पार्टीभित्र असन्तुष्ट रहेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…