SamwadKhabar logo

               

खेलकूद

अनेक विवाद सामना गर्दै विश्वकप आयोजक कतार

संवाद खबर

संवाद खबर

अनेक विवाद सामना गर्दै विश्वकप आयोजक कतार
कात्तिक २०, काठमाडौं । विश्वकप फुटवल सुरु हुन दुई सातामात्र बाँकी छ । कतारमा हुन गइरहेको विश्वकपको २२औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ । कतारमा हुने विश्वकप हेर्न फुटबलको निर्णायक खेल हेर्नका लागि विश्वभरिबाट १५ लाख फुटबल प्रेमीहरू कतार पुग्ने अनुमान गरिएको छ । फुटवलको विश्व महासंग्राम मानिने विश्वकप सुरु हुन दुई साता बाँकी हुँदा विवाद भने कायमै छ । विवादको विषय के हो ? विशेषगरी कतारको कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौँ गुनासाहरू सामना गरिरहनुपरेको छ । इस्लामिक शरीया कानुनअन्तर्गत अनैतिक मानिने भएकाले समलिङ्गी गतिविधिहरू कतारमा गैरकानुनी मानिन्छ । यस्तो गतिविधिमा संलग्नमाथि जरिवाना मात्र नभएर सात वर्षसम्मको जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुनसक्छ । बीबीसीले उल्लेख गरेअनुसार कतार विश्वकपका आयोजकले उक्त देश घुम्न र फुटबल हेर्नका लागि ‘सबैलाई स्वागत’ गर्ने र कसैलाई भेदभाव नगर्ने जनाएको छ । तर, कतार विश्वकपका प्रमुख कार्यकारी नसर अल खातुरले सरकारले समलिङ्गीबारे आफ्नो कानुन परिवर्तन नगर्ने उल्लेख गरेका छन् । समाचारमा जनाएअनुसार उसले ‘आफूहरूको संस्कृति’को सम्मान गर्न आग्रह गरेका छन् । बीबीसीले उल्लेख गरेअनुसार उनले ‘कतारमा समलिङ्गी हुन् वा परलिङ्गी कुनै पनि जोडीहरूको सार्वजनिक स्नेह साटासाटलाई तिरस्कार गरिने’ बताएका छन् । ह्युमन राइट्स वाचले हालै प्रकाशित गरेको एउटा प्रतिवेदनले कतारी सुरक्षा निकायले यौनिक अल्पसंख्यकभित्र फरक पहिचान भएका लेस्बियन, गे, र ट्रान्सजेन्डर समूहका मानिसलाई पक्राउ गरिरहेको जनाएको छ । कतिपय अवस्थामा उनीहरूलाई आफ्नो यौनिक अभिमुखीकरण परिवर्तनका लागि समेत दबाव दिइएको प्रतिवेदनमा दाबी गरिएको छ । तर, उक्त प्रतिवेदनमा उक्त गरिएको आरोपलाई कतारको सरकारले ‘झुटो आरोप’ भएको बताएको छ ।कतार सरकारको यौनिक विभदेलाई लिएर अस्ट्रेलियाको फुटबल टोलीले एउटा भिडिओ सार्वजनिक गर्दै समलिङ्गिबीचको सम्बन्ध गैरकानुनी करार गर्ने कानुन खारेज गर्न कतारलाई आग्रह गरेको छ । उक्त भिडिओमा यो फुटबल टोलीले विश्वकपका लागि रंगशाला निर्माणमा खटिएका करिब ३० हजार आप्रवासी कामदारमाथि कतारी रोजगारदाताले गरेको व्यवहारको पनि आलोचना गरिएको छ । भवन लगायतका पूर्वाधार निर्माण क्षेत्रमा स्वास्थ्य र सुरक्षाको लापरबाहीका कारण कैयौँ कामदारहरू घाइते हुनुका साथै कतिपयको मृत्युसमेत भएको थियो । मानव अधिकारको सम्मानमा कतार चुकेको विरोधमा डेनमार्कका फुटबल खेलाडीहरूले आफूहरूले फिक्का कालो रंगका सामग्रीहरू मात्रै प्रयोग गर्ने बताइसकेको छ । समलिङ्गी प्रतिकुल कतारी कानुनको विरोध गर्न इंल्याण्डका क्याप्टेन ह्यारी केनसहित युरोपका नौ टोलीका क्याप्टेनहरूले हातमा वन लभ ९एउटै माया० अंकित ब्यान्डहरू पाखुरामा बाँध्ने भएको बीबीसीको समाचारमा उल्लेख छ । यसअघिको विजेता फ्रान्स भएपनि पेरिससहित फ्रान्सका अन्य केही सहरहरूले विश्वकपका खेलहरू सार्वजनिक स्थानमा नदेखाउने भएका छन् । ब्रिटिश लैंगिक अल्पसंख्यक अधिकार अभियानकर्मी पिटर ट्याचेलले कतारको राजधानी दोहामा प्रदर्शन गर्दा आफूलाई पक्राउ गरेर सडक छेउमा नियन्त्रणमा राखिएको दावी गरेका छन् । तर, कतार सरकारले त्यसलाई पनि ‘झुटो भएको दावी गरेको छ । सन् २०१० मा फुटबलको नियामक निकाय फिफाको २२ सदस्यीय कार्यकारी सदस्यबीच भएको मतदानमा कतारले विश्वकप आयोजना गर्ने अधिकार जितेको थियो । विश्वकप आयोजना गर्ने अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियाको प्रस्तावमध्ये कतार छानिएको हो । कतार विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र हो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…