SamwadKhabar logo

               

राजनीति

बाँकेको विकासका लागि निरन्तर पहल गरीरहन्छुः मन्त्री अथक

संवाद खबर

संवाद खबर

बाँकेको   विकासका लागि  निरन्तर पहल गरीरहन्छुः मन्त्री अथक
कात्तिक २१, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक० ले बाँकेको विकासका लागि आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन । राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुशुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री अथकले बिगतदेखी नै बाँकेको विकासकालागि आवाज उठाईरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरीरहने बताएका हुन । आफ्नो ५ वर्षे कार्यकालमा पटक–पटक सदनमा राप्तीसोनारीको विकासको लागि कुरा उठाउदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने राप्तीसोनारी र नरैनापुरलाई बिकासको मुलधारमा ल्याउन सफल भएको उल्लेख गरे । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री अथकले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पुरा गर्न जनताले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रमा बोल्दै बाँके क्षेत्र १ (क) लुम्बिनी प्रदेश सभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी (नमुना) ले नरैनापुर र राप्तीसोनारीको विकासका लागि थुप्रै कामहरु अगाडी बढाइएको बताउँदै पछिल्लो ५ वर्षको अवधिमा विकासका कामहरुले गति लिएको बताइन । ’हामीले केही कामहरु सुरु गरेका छौं, ति कामहरुलाई पुर्णता दिन गठबन्धनले जित्नुपर्छ’ – उनले भनिन् । कार्यक्रममा समानुपातिक उम्मेदवार संगीता थारु, उम्मेदवार रामकृष्ण बि.क., बाम लोकतान्त्रीक गठबन्धन बाँके क्षेत्र नं. १ निर्वाचन परिचालन समितीका संयोजक नरेन्द्र न्यौपाने, सह संयोजक पोषण केसी, माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदी लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा बाम(लोकतान्त्रीक गठबन्धनका नेता कार्यकर्ता, सर्वसाधारण लगाएतको सहभागीता रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…