SamwadKhabar logo

               

राजनीति

मंसिर ४ को निर्वाचन एमालेका लागि महाभारतको युद्ध जस्तै : पृथ्वीसुब्बा गुरुङ

संवाद खबर

संवाद खबर

मंसिर ४ को निर्वाचन एमालेका लागि महाभारतको युद्ध जस्तै : पृथ्वीसुब्बा गुरुङ
कात्तिक २१, लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको निर्वाचन महाभारतको युद्धजस्तै भएको बताएका छन् । एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्भाभिमान धराप रहेकोले राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रवादी शक्ति एमालले जित्नैपर्ने भएकोले यो चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै भएको बताएका हुन् । एमालेको जित नहुँदा कालापानी, लिपुलेक र लिम्पियधुरालगातय नेपाली भू– भागहरू फेरि पनि धारापमा पर्ने बताए । उनले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्ष पूरा गर्न तथा सुशासन, विकास, समृद्धि र समानता हासिल गर्नका लागि पनि नेकपा एमालेले जित्नुपर्ने बताए । त्यस्तै नेकपा एमलेका केन्द्रीय सदस्य एवं लमजुङ क्षेत्र नम्बर १ का उम्मेदवार जमिन्द्रमान घलेले हामीले प्रतिनिधि छान्दा पालो लगाउने नभई जसले जिल्लाको विकासका लागि धेरैभन्दा धेरै योगदान दिएको छ, जो प्रतिनिधि भएर जाँदा त्यो जिम्मेवारीलाई कुशलतापूर्वक प्रभावकारी ढंगाले सम्पन्न गर्न सक्छ त्यस्तो निष्कलंक व्यक्तिलाई चुन्नसके मात्रै जिल्लाको विकास हुने बताए । लमजुङको १ नम्बर क्षेत्र विकासमा पछाडि परेको भन्दै हर्राबोटदेखि मर्स्याङ्दी पारी लगेर स्याँगे लगेर जोड्न्, लमजुङको वैकल्पिक राजमार्गको रुपमा विकास गर्ने र हर्राबोटदेखि चेपेको किनारकिनार भएर दुधपोखरीदेखि चेपेको कुनाघाटमा पुल हालेर गोर्खा जोड्ने मोटरबाटोले पूर्वी लमजुङ र क्षेत्र नम्बर १ को विकास हुने भन्दै आफूले जिते प्राथमिकतामा रखेर यो काम गर्ने बताए । त्यस्तै लमजुङ प्रदेश २ का उम्मेदवार कृष्णप्रसाद अधिकारीले नेकपा एमालेले अगाडि सारेका उम्मेदवारहरु उत्कृष्ट र विकासको स्पष्ट भिजन भएको केन्द्रसम्म पहुज पुग्ने, नेपाली जनताको पिरमर्का बुजेको, हरेक समय लमजुङको जनतामाझ रहेर काम गरेको उमेदबारहरु रहेका भन्दै नेकपा एमालेको जित सुनिश्चि भएको बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…