SamwadKhabar logo

               

अर्थ व्यवसाय

मंसिरदेखि पुससम्म सरकारले ३० अर्ब आन्तरिक ऋण उठाउने

संवाद खबर

संवाद खबर

मंसिरदेखि पुससम्म सरकारले ३० अर्ब आन्तरिक ऋण उठाउने
कात्तिक २५, काठमाडौं । सरकारले मंसिरदेखि आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि उठाउने आन्तरिक ऋणको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले उठाउने आन्तरिक ऋणको निष्कासन गर्ने काम राष्ट्र बैंकले गर्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास अन्तर्गत मंसिर र पुसमा ट्रेजरी बिल (एकवर्षभन्दा कम समयको ऋणपत्र) तथा विकास ऋणपत्र जारी गर्न लागेको हो । राष्ट्रका अनुसार मंसिरमा ३६४ दिनको ट्रेजरी बिल निष्कासन हुनेछ । दुईपटक गरेर १५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्कासन हुनेछ । यस्तै पुस महिनामा दुई, तीन र चारवर्ष समयको विकास ऋणपत्र निष्कासन हुनेछ । दुईवर्षको आठ अर्ब, तीनवर्षको दुई तथा चार वर्षको पाँच अर्बको विकास ऋणपत्र निष्कासन हुनेछ । चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ । जसमा ट्रेजरी बिलबाट एक खर्ब ५० अर्ब, विकास ऋणपत्र एक खर्ब, नागरिक बचतपत्र पाँचवर्ष तथा वैदेशिक रोजगार बचतपत्र एक अर्बको निष्कासन हुनेछ । तरलता अभावका कारण सरकारले उठाउने ऋणपत्रको ब्याजदर समेत बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिबाट बैंकदरलाई साढे ८ प्रतिशत बनाएको तथा तरलता अभावले ट्रेजरी बिलको ब्याजदर १० प्रतिशत छ । गत आर्थिक वर्षमा ५ प्रतिशतभन्दा कमको ब्याजदरमा सरकारले आन्तरिक ऋण उठाएको थियो । यो वर्ष १० प्रतिशतमा आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता सरकारलाई हुने देखिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …