SamwadKhabar logo

               

राजनीति

गठबन्धनविरुद्ध बोल्न र फेसबुकमा लेख्न दलका कार्यकर्तालाई छुट छैन– तीर्थ लामा

संवाद खबर

संवाद खबर

गठबन्धनविरुद्ध बोल्न र फेसबुकमा लेख्न दलका कार्यकर्तालाई छुट छैन– तीर्थ लामा
कात्तिक २९, काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा १ (ख) का उम्मेदवार तीर्थ लामाले लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा उभिन गठबन्धन दलका नेता कार्यकर्ता सबैलाई निर्देशन दिएका छन् । गठबन्धनले चौरीदेउरालीको कात्तिकेदेउरालीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका तीता–मीठा अनुभवलाई बिर्सेर नयाँ एकताका साथ अघि बढ्न सबैमा आग्रह गरे । ‘यो सविधान च्यात्ने र संविधान जोगाउनेबीचको प्रतिस्पर्धा हो, प्रतिगामी र अग्रगामी राजनीतिक शक्तिबीचको प्रतिस्पर्धा हो । गठबन्धनप्रति प्रतिबद्ध भएर यो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ र रत्न ढकाल र समानुपातिकमा आफ्नो पार्टीलाई मतदान गर्न अनुरोध गर्दछु,’ उनले भने, ‘गठबन्धन विरुद्ध बोल्न, लेख्न कुनै पनि दलका कार्यकर्तालाई छुट छैन । विपक्षीसँग साँठगाँठ गर्ने, छलफल गर्ने, कुनै पनि दलका कार्यकर्ताको उचित मूल्यांकन हुन्छ, सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनुहोला, पार्टी अनुशासन पालना नगर्नेलाई कारबाही हुन्छ ।’ संविधानको रक्षा, विकास, समृद्धिको लागि गठबन्धन भएको भन्दै उनले निर्वाचित भएपछि काभ्रे जिल्लाको नाम बदनाम नगर्ने प्रतिवद्धता जनाए । सबै वर्ग, क्षेत्रलाई समेटेको संविधानको मर्ममाथि एमालेले प्रहार गरेको भन्दै त्यसको रक्षाको लागि लोकतान्त्रिक–वाम गठबन्धन भएको बताए । कार्यक्रममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको जिल्ला, स्थानीय तह र वडा तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…