SamwadKhabar logo

               

राजनीति

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

संवाद खबर

संवाद खबर

समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
कात्तिक ३०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन् ।
कलङ्कीमा आयोजना गरिएको गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण, राजनीतिक उपलब्धिको रक्षाका लागि बनेकाले समृद्धिको जनआकाङ्क्षा पूरा गर्ने बताए । काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिए ।
मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने उल्लेख गर्दै राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्न जनताले गठबन्धनलाई आसन्न निर्वाचनमा अत्यधिक मत दिनुपर्ने बताए । विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको उल्लेख गर्दै उनले देशलाई प्रतिगमनबाट बचाउन निर्वाचनमा सत्ता गठबन्धन एकढिक्का भएको बताए । काठमाडौं– ८ मा आफूले सुरू गरेका कयौं योजना निरन्तरताका लागि उम्मेदवार बनेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए । सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनको भनाइ थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…