SamwadKhabar logo

               

राजनीति

नेकपा (एकीकृत समाजवादी) को ७ स्थानमा अग्रता, प्रतिद्वन्द्वी एमाले

संवाद खबर

संवाद खबर

नेकपा (एकीकृत समाजवादी) को ७ स्थानमा अग्रता, प्रतिद्वन्द्वी एमाले
मङ्सिर ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक स्थानमा स्वतन्त्र उमेदवारले समाजवादीलाई पछ्याइरहेको छ । कुन स्थानमा कसको अग्रता ? एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहत–१ बाट अग्रता कायम गरिरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले ५८३९ मत प्राप्त गरिराख्दा अध्यक्ष नेपालले ६४३१ मत ल्याएका छन् । नेपाल र गुप्ताबीचको मतान्तर ५४२ रहेको छ । यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट लिड गरिहेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ५१८८ मत प्राप्त गर्दा पाण्डेले ५३७१ मत प्राप्त गरेका छन् । मेटमणि चौधरीले दाङ १ बाट २०२६ मतले अग्रता कायम गर्दै गर्दा एमालेका शान्ता चौधरीले १३०१ मत प्राप्त गरेकी छिन् । यस्तै, सल्यान १ बाट प्रकाश ज्वालाले ७१२९ मतले अग्रता कायम गर्दैगर्दा स्वतन्त्र उमेदवार राजेन्द्रबहादुर शाहले ३७०२ मतसहित ज्वालालाई पछ्याइरहेका छन् । यस्तै, बारा ४ बाट कृष्णकुमार श्रेष्ठले २३०५ मतसहित लिड गर्दै गर्दा एमालेका एकवाल मियाँले १९३७ मतले पछ्याइरहेका छन् । यस्तै, अछाम १ बाट शेरबहादुर कुँवरले १०३१ मतसहित अग्रता कायम गर्दा एमालेका झपटबहादुर बोहोराले १४५० मत प्राप्त गरेका छन् । उता डोटी १ बाट प्रेमबहादुर आलेले ४०४९ मतसहित अग्रता कायम गर्दै गर्दा एमालेका गौरीकुमारी ओलीले २३९२ मतले आलेलाई पच्छ्याइरहेका छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…