SamwadKhabar logo

               

राजनीति

काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी

संवाद खबर

संवाद खबर

काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी
मङसिर ९, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २० हजार ७२० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गरे । यस्तै सोही प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामा तीन मतले विजयी भएका छन् । उनले १९ हजार दुई सय ८० मतसहित जित हासिल गरे भने उनका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत प्राप्त गरे । यसैगरी प्रतिनिधिसभा २ नं प्रदेशसभा १ गठबन्धनका उम्मेदवार (एकीकृत समाजवादी) का लक्ष्मण लम्सालले १९ हजार ४०८ मत प्राप्त गरर विजय शहासिल गरे । उनका मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेलले १९ हजार २२० मत प्राप्त गरे । सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा २ मा कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २६ हजार ३५ मत प्राप्त गरे भने एमालेका कुमार थापाले २१ हजार ९५७ मत प्राप्त गरे । प्रतिनिधिसभा१ प्रदेशसभा १ बाट निर्वाचित ढकाल र प्रतिनिधिसभा–२ प्रदेशसभा १ बाट निर्वाचित लम्साल यसअघि पनि बागमती प्रदेशसभाको सदस्य थिए । ढकाल प्रदेशको युवा तथा खेलकूद मन्त्रीसमेत हुन् । जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ ले मतदान गरेका थिए

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…