SamwadKhabar logo

               

धर्मशास्त्र

महामञ्जुश्रीको प्रतिमा अनावरण

संवाद खबर

संवाद खबर

महामञ्जुश्रीको प्रतिमा अनावरण
मङ्सिर १२, काठमाडौं । भक्तपुरको सुडाल ल्हासापाक्व क्षेत्रमा महामञ्जुश्रीको प्रतिमा अनावरण गरिएको छ । करिब ४ फिट अग्लो पित्तलमा सुनको जलप भएको प्रतिमालाई एक औपचारिक कार्यक्रमकाबीच बागमती सोमबार प्रदेशका वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माननीय रजनी जोन्छेले अनावरण गर्नुभएको हो । महामञ्जुश्री गुरताफु गुम्बामा फुल्चो ल्हामो आनी तथा गुठी संस्थान भक्तपुरको आयोजनामा कार्यक्रम गरिएको हो । ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सो क्षेत्रको बगैंचामा प्रतिमासँगै पोखरी पनि अनावरण गरिएको छ । महामञ्जुश्रीको प्रतिमालाई ललितपुर ओकुबहाल निवासी राजेश शाक्यले दान गर्नुभएको हो। कार्यक्रममा गुठी संस्थानका प्रमुख किरण शाक्य, चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की, बागमती प्रदेशका लागि नवनिर्वाचित सांसद, भक्तपुर बौद्ध संघका अध्यक्ष त्रिरत्न शाक्य, चांगुनारायण नगरपालिकाका वडाध्यक्ष, बौद्ध भिक्षु, उपासक, उपासिकाहरूको समेत सहभागिता थियो । सोही कार्यक्रम अघि शान्तिका लागि एशियाली बौद्ध संस्थाको अगुवाईमा कमलविनायक चोकदेखि दीप प्रज्वलन गरी पदयात्रा समेत गरिएको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…