SamwadKhabar logo

               

राजनीति

सुनसरी–१ बाट अशोक राई निर्वाचित

संवाद खबर

संवाद खबर

सुनसरी–१ बाट अशोक राई निर्वाचित
मङ्सिर १२, काठमाडौं । अघिल्लो निर्वाचनमा पराजित भएको निर्वाचन क्षेत्र सुनसरी–१ बाटै जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई पराजित गर्दै अशोक निर्वाचित भएका हुन् । माओवादीका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बो र एमालेका बागी मनोज मेन्याङ्बो धेरै पछि परे । तर, अशोकको जितमा रमाइलो संयोग जोडियो । संविधान निर्माणमा पार्टीले खेलेको भूमिकामा असन्तुष्टि जनाउँदै २०६९ सालमा एमालेबाट विद्रोह गर्दै अशोकले संघीय समाजवादी पार्टी खेलेका थिए । त्यसयता एमाले र अशोकको पार्टीबीच औपचारिकता बाहेक कुनै सम्बन्ध छैन । तर, यसपटकको निर्वाचनमा अनपेक्षित सम्बन्ध बन्यो । सत्ता गठबन्धनमा रहँदै आएको अशोकको दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) मनोनयनको आखिरी घडिमा एमालेसँग तालमेल गर्ने अवस्थामा पुग्यो । सुनसरी–१ एमाले एमालेसँगको तालमेलको आधारमा अशोकले टिकट पाए । र, टुटेको संसदीय यात्रा जोड्न सफल भए । अशोकलाई यसपटक पनि चुनाव जित्न सहज थिएन । तर, लामो समय सुनसरीमा रजगज गरेको एमालेको साथ पाउँदा अशोकले जित हात पारे । संयोग यस्तो भयो, आफैले ताल मारेर हिँडेको पार्टीको साथमा अशोकले चुनाव जित्नुपर्यो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…