SamwadKhabar logo

               

अर्थ व्यवसाय

अदुवा बिक्री नहुँदा डोटीका किसान मर्कामा

संवाद खबर

संवाद खबर

अदुवा बिक्री नहुँदा डोटीका किसान मर्कामा
मङ्सिर १२, दिपायल । यहाँका किसानले उत्पादन गरेको अदुवा बिक्री नभएपछि उनीहरू मर्कामा परेका छन् । जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका रनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन नसकेको छैन । अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् । गत वर्ष व्यापारीले अदुवा प्रतिकिलो रु ५० देखि ६० का दरले खरिद गरेका थिए । यस वर्ष किसान प्रतिकिलो रु ३० देखि ४० सम्ममा बिक्री गर्न बाध्य छन् । भारतीय व्यापारी नआउँदा अदुवाले उचित मूल्य पाउन छाडेको बडीकेदार गाउँपालिका–४ रनुकाँडा सुनौलो किरण कृषक समूहका अध्यक्ष नरेन्द्रबहादुर ताडीले बताए । गत वर्ष आफूले रु ५० हजार हात पारेको तर यस वर्ष २५ हजारको पनि अदुवा बिक्री गर्न नसकेको जानकारी दिए । सरकारको ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीको प्रवद्र्धन गर्दै आए पनि नेपालमा प्रशोधन केन्द्र नहुँदा भारतीय व्यापारीको भर पर्नुपर्ने बाध्यता रहेको बताए । किसानका समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि पहल गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताए । साथै किसानले उत्पादन गरेको अदुवाको बजारीकरणका लागि सहजीकरण गर्न पालिका सरकार लागि परेको उनको भनाइ छ । सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्लाको मुख्य नगदे बालीका रुपमा स्थापित अदुवा खेतीेको प्रवद्र्धन गर्दै आएको छ । यहाँको दक्षिण क्षेत्र अदुवा उत्पादनका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस क्षेत्रमा वार्षिक दुई सय क्विन्टलभन्दा बढीको अदुवा उत्पादन हुने बताइएको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिका अदुवा उत्पादन पकेट क्षेत्रको रुपमा छनोट गरीएको कृर्षि ज्ञानकेन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले स्थानीय सरकारसँग सहकार्य गरेर अदुवाको बजारीकारण गर्न पहल भइरहेको पनि बताए । गत वर्ष यस जिल्लामा सात सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएमा १३ हजार दुई सय ११ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष आठ सय ४५ हेक्टरमा अदुवा खेती गरिएकामा १४ हजार मेट्रिकटन अदुवा उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …