SamwadKhabar logo

               

अर्थ व्यवसाय

कोरियाको रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकियो

संवाद खबर

संवाद खबर

कोरियाको रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकियो
मङ्सिर १३ काठमाण्डौ । कोरियाको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि जान इच्छुक नेपालीले आउँदो पुस ४ गतेदेखि ८ गते अर्थात् १९ डिसेम्बर देखि २३ डिसेम्बर भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन अनलाइनबाट मात्र दिन सकिन्छ । आवेदन फारम https://eoers.epsnepal.gov.np मा गई भर्न सकिन्छ । आवेदन भर्ने तरिका पनि यही पेजमा गएर हेर्न सकिन्छ । कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ गतेदेखि माघ २७ गतेसम्म हुने छ भने दोस्रो चरणको परीक्षा फागुन ८ गतेदेखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षाहरू काठमाण्डौमा नै सञ्चालन हुने छ । एक दिनमा ४ सिफ्टमा परीक्षा सञ्चालन गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । तर आवेदकको सङ्ख्या र अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल पनि हुन सक्ने छ । यस्तै भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको पहिलो चरणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म हुने छ भने दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि ३ गतेसम्म हुनेछ । भाषा परीक्षामा प्राप्त गरेको अङ्कको आधारमा अधिकतम अङ्क प्राप्त गर्ने मध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी पास भएका करिब ६ हजार जनाको अन्तिम नजिता प्रकाशित हुने पनि शाखाले जनाएको छ । तर कोरियाको मागको आधारमा उत्तीर्णको सङ्ख्यामा थपघट पनि हुन सक्ने छ । भाषा र सीप परीक्षण दुवैमा पास भएकाहरुले मात्र कोरियाको रोजगार आवेदन फारम भर्न पाउने छन् । आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ भने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नभएको हुनुपर्छ । थप जानकारी ईपीएस कोरिया शाखाको वेबसाइटमा गएर हेर्न सकिन्छ ।  यसअघि नै पनि कोरिया गएर गैह्र कानुनी गतिविधिमा संलग्न भएर वा गैह्र कानुनी रूपमा कोरियामा बसेर फर्किएको भएमा आवेदन फारम भर्न पाइने छैन । कोरियामा ई ९ र ई १० भिसामा पाँच वर्ष भन्दा कम अवधि बसेको भएमा भने फारम भर्न मिल्छ । परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने छ । आवेदकले फारम दर्ता गराउने दिन वा त्यसको अघिल्लो दिन २८ डलर बराबर नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैङ्कको जुनसुकै शाखा र आइएमई पे, फोन पे, ई सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत तिर्न सकिन्छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …