SamwadKhabar logo

               

अर्थ व्यवसाय

‘कालिञ्चोक दर्शन’को आइपिओ बिक्रि खुला

संवाद खबर

संवाद खबर

‘कालिञ्चोक दर्शन’को आइपिओ बिक्रि खुला
मङ्सिर १४, काठमाडौं । कालिञ्चोक दर्शनले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा दुई लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ६० करोडको दुई प्रतिशत अर्थात् रु एक करोड २० लाख मूल्य बराबरको कुल एक लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै जारी पूँजीको १८ प्रतिशत अर्थात् रु १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशतले हुने एक लाख आठ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । निष्कासन गरेको शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा यही मङ्सिर २८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस १४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौ सय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मङ्सिर २८ गतेसम्म अधिकतम १० हजार आठ सय कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत शेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ । कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …