SamwadKhabar logo

               

शिक्षा

डोल्पामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण

संवाद खबर

संवाद खबर

डोल्पामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण
मंसिर २१, डोल्पा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा र ठुलीभेरी नगरपालिका वडा नं. ६ को समन्वयमा तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामग्री झोला वितरण गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी ठुलीभेरी नगरपालिका वडा नं. ६ भित्र पर्ने श्री लक्ष्मी माध्यामिक विद्यालय थरगाउँका छात्रछात्रा गरी जम्मा ३१ जना बालबालिका, श्री देवि आधारभूत विधालय काडातालीका छात्राछात्र गरी जम्मा २५ जना बालबालिका र श्री हिमालय आधारभूत विद्यालय दुरगाउँका छात्राछात्र गरी जम्मा ४० जना बालबालिकाहरुलाई झोला,सजिलो अंंग्रेजी बोलचाल गरामर किताब,कपी, र शिक्षकलाई टोपी वितरण गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार,दलित,गरिब,अशक्त बालबालिकालाई वडा नं. ६ का वडा अध्यक्ष तेजेन्द्र कार्कीले झोला शैक्षिक सामाग्री हस्तान्तरण गर्नु भएको हो । आफ्नो वडा भित्र रहेका तीन वटै सामुदायिक विधालयहरुलाई आगामी दिनहरुमा विभिन्न निकायसँग सहकार्य गरेर शैक्षिक गुणस्तर बृद्धि गर्ने थप व्यवस्थीत गर्ने वडा अध्यक्ष कार्कीले प्रतिबद्धता जनाउनु भएको छ । वडा अध्यक्ष कार्कीले सहयोगी संस्था प्राज्ञिक विद्यार्थी परिषद् नेपाललाई आगामी दिनमा पनि सहयोग सहकार्य गर्न आग्रह गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ । वडा नं. ६ को कार्यालय र प्राज्ञिक विधार्थी परिषद् नेपाललाई सम्कर्प समन्वय गराउने विद्यार्थी नेता जनक कार्की, प्रताप कार्की र विनोद कार्कीलाई वडा कार्यालय र विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ । तीन वटा सामुदायिक विद्यालयको तर्फबाट लक्ष्मी माध्यामिक विद्यालय थरगाउँका प्रधानाध्यापक गगनसिँह बुढाले धन झोला र शैक्षिक सामाग्री वितरणले वालवालिकामा थप हौलासा मिल्ने विश्वास रहेको उहाँले बताउनु भयो । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल राजनितिक दल भन्दामाथी रहेर विभिन्न क्षेत्रमा रहेका सामुदायिक विद्यालय, क्याम्पस विश्वविद्यालयहरूमा अध्ययनरत बालबालिकाहरू, विद्यार्थीहरूलाई शैक्षिक गतिविधि सम्बन्धी सहयोग गर्दै आईरहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

सबै विश्वविद्यालयमा एउटै शैक्षिक क्यालेन्डर लागू गरिने

२० भाद्र, काठमाडौं । सरकारले देशभरका सबै विश्वविद्यालयमा एउटै खालको शैक्षिक क्यालेन्ड…

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

१७ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका…

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३१४ विद्यार्थी दीक्षित

१४ भाद्र, काठमाडौं । काठमाडौ विश्वविद्यालयको २९ औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ …

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन : शिक्षामन्त्री भट्टराई

१३ भाद्र, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीब…