SamwadKhabar logo

               

धर्मशास्त्र

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

संवाद खबर

संवाद खबर

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै
मङ्सिर २३, बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गर्नुभयो। रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गर्नुभएको उक्त गुरुकुल २०५६ सालमा बन्द भएको थियो। गुरुकुल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधामस्थित गुरुकुल विद्यापीठमा लगिएको थियो। पुनः रामकोटधामबाटै संस्कृत गुरुकुल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख सङ्कल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए। यही मङ्सिर २८ गतेसम्म चल्ने सो महोत्सवमा देशभरबाट सन्त, महात्माको उपस्थिति रहने जनाइएको छ। झाँकी प्रर्दशनी, हेलिकोप्टरबाट पुष्पवृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन सङ्र्कीतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुको उल्लेख्य सहभागिता रहने महोत्सवका संयोजक सुवेदीले बताए। महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिनेछ। महोत्सव सुरु हुनुभन्दा अगावै करिब रु ६५ लाख जुटिसकेको छ भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छु, उनले भने। महोत्सवबाट तीन करोड बढी आर्थिक सहयोग जुटाउने लक्ष्य लिइएको छ। गुरुकुल पुनःसञ्चालनको उद्देश्य राखेर महोत्सव आयोजना गरिएकाले देशविदेशमा रहेका दाता र शुभेच्छुकबाट सहयोग आउने क्रम जारी छ। बिहुँकोट अन्तर्राष्ट्रिय समाजको सञ्जालमार्फत बढी मात्रामा सहयोग जुटिरहेको छ। संस्कृत पाठशाला पुनःसञ्चालन भएमा संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ। परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक परिवेश प्रतिकूल हुँदा गुरुकुललाई रामकोटधामबाट देवघाट लैजानुपरेको उल्लेख गरे। ‘अब फेरि रामकोटधाममा गुरुकुल पुनःप्रतिस्थापन गर्न सकिन्छ की भनेर यो शुभसङ्कल्प लिएका छौँ’, उनले भने, ‘सबैको साथ सहयोगको खाँचो छ।’ आर्थिक स्रोत र संरचनाको जोहो भएमा छिट्टै गुरुकुल सञ्चालनमा आउने उनको भनाइ छ। गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्ने ज्ञानानन्द सरस्वतीले बताए। संस्कृतले नै संस्कृतिको व्याख्या गर्छु, उनले भने, ‘धर्म संस्कृतिको प्रचार, दर्शन शास्त्रसँगै आधुनिक शास्त्रको प्रवद्र्धनमा पनि गुरुकुल शिक्षाले टेवा पुर्‍याउँछ।’ रासस

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…