SamwadKhabar logo

समाज

काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान

संवाद खबर

संवाद खबर

काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान
मङ्सिर २५, काभ्रेपलाञ्चोक । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज संक्रमणका कारण गएको हप्तादेखि दुई गाउँमा गाई, खसीबोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कुकुरले टोकर मरेका पशु काटेर खाएपछि गाउँपालिकाको १ नम्बर वडाको गोकुले र ८ नम्बर वडास्थित घर्तीछापका ७० बर्षिय स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए । उनका अनुसार मरेका पशुको मासु खाएका थप स्थानीयवासीको खोजीकार्य भइरहेको छ । पशुचौपायालाई पनि खोप लगाउने काम सुरु गरिएको छ । उनका अनुसार हाल दुई गाउँका ३५ पशुलाई रेबिजविरुद्धको खोप लगाइएको छ । वडा नम्बर–१ का ४० र ८ का ३० स्थानीयवासीलाई रेविजविरुद्धको खोप लगाइएको हो । प्रारम्भिक चरणमा दुई वडाका पशुलाई खोप लगाउन ४०० भाइल खोप पुगेको शाखा प्रमुख विष्टले बताए । रेबिज संक्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपक्षी शाखाले हप्ता दिनदेखि निगरानीसँगै नियन्त्रणका हरसम्भव प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार गाउँमा चेतनामूलक र्‍याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ । यसैबीच, रेबिज संक्रमण नियन्त्रणका लागि जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेढाईँसहितको एक टोली महाभारतको रेबिज प्रभावित क्षेत्र पुगेको छ । रेबिज फैलावटका विषयमा सूक्ष्म ढंगले अध्ययन गरिने उनले बताए । उनका अनुसार रेबिज प्रभावित क्षेत्रमा यसअघि नै १६० डोज खोप उपलब्ध गराइएको थियो । उनका अनुसार रेबिजविरुद्धको खोपले रेबिज संक्रमणबाट बच्न सकिन्छ । “खोप अत्यन्तै प्रभावकारी छ । रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्ण रूपमा सुरक्षित भइन्छ,” कार्यालय प्रमुख डा. सेढाईँले भने । महाभारतमा अघिल्लो हप्ता मरेका दुई गाईका केही अंगहरू गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थियो । “हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ । स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन छुटेका स्थानीयवासीलाई प्रेरित गरिरहेका छौँ,” सेढाईँले भने । दुई गाउँका करिब ८० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ । रासस

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि