SamwadKhabar logo

               

विद्यार्थी विचार

प्राज्ञिकको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न

संवाद खबर

संवाद खबर

प्राज्ञिकको केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न
मंसिर २५, काठमाडौं । विद्यार्थी परिषद्को केन्द्रीय कार्यकारिणी समितिको बैठक ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरमा सम्पन्न भएको छ । उक्त बैठकबाट राष्ट्रिय अधिवेशन चैत्र १८, १९ र २० मा सुदुरपश्चिम प्रदेशको धनगढीमा गर्ने निर्णय पनि गरेको विद्यार्थी परिषद्ले जनाएको छ । भक्तपुरको बोडेमा सम्पन्न भएको समिति बैठकले ९ ओैँ राष्ट्रिय अधिवेशन हुने घोषणा गरेको हो । मंसिर २२ , २३ र २४ गते सम्पन्न भएको बैठकमा विद्यार्थी परिषद्को संगठनात्मक क्रियाकलापहरू अभ्यास वर्ग, छात्रा कार्य, मिडिया कार्यक्रम , सेवा कार्य, जनजाति विद्यार्थी कार्य, शिक्षा कार्यशाला, शिक्षक कार्य, स्वास्थ्य क्षेत्रको निरामय कार्य, कानुन विद्यार्थी कार्य , राष्ट्रिय स्तरको अभियानहरू जस्ता विषयहरूको एजेन्डा तय गरेर संचालन भएको थियोे । बैठकमा केन्द्रीय समितिका सदस्यहरूबिच बृहत् रूपमा बहस र छलफल गरेर परिषद्ले महत्त्वपूर्ण कार्ययोजना सहीत निर्यणहरू समेत गरेको छ ।बैठकले राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन पौष १ र २ मा देवघाट धाममा, राष्ट्रिय शिक्षा कार्यशाला काठमाडौंमा, सदस्यता अभियान पौष ३ देखि १० गते सम्म संचालन गर्ने, राष्ट्रिय मिडिया कार्यशाला काठमाडौं माघ महिनामा संचालन गर्ने विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले समापन सत्रमा घोषणा गरेका थिए । केन्द्रीय कार्यकारिणी समिति बैठकमा देशभरबाट ४८ जना केन्द्रीय समितिका राष्ट्रिय पदाधिकारीहरू र केन्द्रीय सदस्यहरू, उद्घाटन सत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, विशिष्ट अतिथि खअखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान, क्षेत्रिय संगठन मन्त्री निखिल रन्जन लगायत समाजका महत्त्वपूर्ण व्यक्तिहरूको विशेष उपस्थिति रहेको विद्यार्थी परिषद्ले जनाएको छ । साथै बैठकको अन्तिम दिन मंसिर २४ गते ललितपुरमा रहेको डिएभी स्कुलमा समाजका प्रबुध नागरिकहरूको उपस्थितिमा बृहत् नागरिक अभिन्नदन समारोह पनि गरेको छ । देशभरबाट उपस्थिति भएका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूलाई काठमाडौं उपत्यकाका प्रबुध नागरिकहरूले स्वागत समितिको माध्यमबाट अभिन्नदन गरेको छ । समारोह अभिन्नदन समारोहका अध्यक्ष एवम् डिएभि स्कुलका संचालक अनिल केडियाले विद्यार्थी परिषद्को कार्यलाई उच्च प्रशंसा गर्दै निरन्तर साथ र सहयोग गरिरहेको कुरा उल्लेख गरेका थिए । त्यसैगरी स्वागत समितिका सचिव एवम् पूर्व एसएसपी शम्भु उप्रेतीले आज बालबालिका,युवा र विद्यार्थीहरूले विस्तारै आफ्नो संस्कार संस्कृति विर्सिदै गइरहेको र पाश्चात्य संस्कृति अपनाई रहेकोले समाज अर्को दिशा तर्फ गएको चिन्ता व्यक्त गरेका थिए । समाजलाई त्यो दिशामा जानका लागि रोक्न परिषद्ले गरेको कार्य अत्यन्तै सराहनीय भएको उल्लेख गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

गोकर्णको सहयोगी मा.वि. मा स्मार्ट आईडी कार्ड शुरु

१० साउन, काठमाडौं ।गोकर्णेश्वर नगरपमलिका-४ मा रहेको सहयोगी माध्यमिक विद्यालयमा स्मार्…

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

विराटनगरमा विद्यार्थीले जलाए सरकारी गाडी

जेठ २७, काठमाडौं । मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगे…

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतिय…

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

विश्वविद्यालय व्यवहारिक ज्ञानमा केन्द्रीत हुनु आवश्यक : प्रा.डा. बुढाथोकी

चैत्र २, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वागमती प्रदेश अधिवेशन उद्घाटन भ…