SamwadKhabar logo

               

राजनीति

समानुपातिक सांसद सूचीमा एकनाथ ढकालको नाम परेपछि एमालेमा असन्तुष्टि

संवाद खबर

संवाद खबर

समानुपातिक सांसद सूचीमा एकनाथ ढकालको नाम परेपछि एमालेमा असन्तुष्टि
मङ्सिर २५, काठमाडौं । नेकपा (एमाले) ले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम छ । अर्का पार्टीका अध्यक्ष तथा विवादास्पद छविका ढकाललाई सांसद बनाएपछि एमालेमा असन्तुष्टि देखिएको छ । एमालेका नेता भीम रावलले आफ्नो पार्टीबाट हस्ताक्षर गरी चुनामा उमेदवार बनाएका अर्का पार्टीका अध्यक्षलाई चुनावमा उठाइएको भन्दै राजनीतिमा नैतिकताको खडेरी भएको बताएका छन् । “अमेरिकामा कर छलीको आरोपमा दुई वर्ष र जासुसीको आरोपमा तीन वर्ष काराबासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेसन चर्चसँग आबद्ध अध्यक्ष एकनाथ ढकाललाई नेकपा (एमाले) ले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ,” उनले आइतबार ट्विट गर्दै भनेका छन्, “परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उमेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य क्या चमत्कार १ राजनीतिमा नैतिकताको खडेरी स्मरणीय छ । ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।” शनिबार बसेको एमालेको सचिवालय बैठकमा ढकालको नामबारे प्रश्न उठेको स्रोतले बतायो । तर, समानुपातिक बन्दसूचीमा खस आर्यतर्फ ढकालको नाम दुई नम्बरमा रहेकाले परिवर्तन गर्न सक्ने अवस्था नरहेको ती नेताले बताए । “उहाँको बारेमा समानुपातिक बन्दसूची बुझाउने बेलामा पनि प्रश्न उठेको थियो । हिजो बैठकमा पनि प्रश्न उठ्यो,” ती नेताले भने, “उहाँको नाम समानुपातिक सूचीमा दुई नम्बरमा रहेकाले क्रम मिच्न पनि नमिल्ने भयो । असन्तुष्टि हुँदाहुँदै पनि नाम पठाइएको हो ।”  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…