SamwadKhabar logo

               

लुम्बिनी प्रदेश

राष्ट्रिय घोष टोली प्रशिक्षण वर्ग सम्पन्न

संवाद खबर

संवाद खबर

राष्ट्रिय घोष टोली प्रशिक्षण वर्ग सम्पन्न
हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय घोष टोली प्रशिक्षण वर्ग सम्पन्न भएको छ । नवलपरासीको कावासोतीमा आयोजित वर्गको समापन समारोह पथसञ्चलन एवं घोष-वादन प्रदर्शन गरी भएको हो । समापन समारोहको अध्यक्षता संघका जिल्ला संघचालक भोजराज दाहालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा संघका राष्ट्रिय प्रचारक वेद प्रकाशजी रहनुभएको थियो । संघको शाखामा हुने शारीरिक एवं बौद्धिक कार्यक्रमहरूका माध्यमबाट अनुशासन, कार्यकुशलता एवं नेतृत्व क्षमता जस्ता गुण विकास गरी श्रेष्ठ व्यक्तित्व निर्माणको कार्य दैनिक रूपमा चलिरहेकैछ । शारीरिक कार्यक्रममा समरसता, सहजता एवं सांघिकता ल्याउन तथा उत्सव आदि कार्यक्रमहरूमा परम पवित्र भगवाध्वजको मान वन्दना, सूचनाका लागि संघोष वादन आदिका निम्ति घोष विभागको उपयोगिता र विशेष महत्त्व हुने गर्दछ । यसैलाई ध्यानमा राखेर देशभरिबाट घोष वादक स्वयंसेवकहरूको सहभागितामा नवलपरासी, बर्दघाटपूर्व कावासोतीमा चार दिवसीय वर्ग आयोजना गरिएको प्रमुख वक्ताका रूपमा आफ्नो उद्बोधनका क्रममा वेदप्रकाशजीले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘वाद्यवादनद्वारा निकालिने ध्वनिको गुञ्जनलाई घोष भनिन्छ । संघमा स्वयंसेवकहरूले पणव, आनक, शङ्ख, झल्लरी, वंशी एवं तूर्य जस्ता वाद्य–साधनद्वारा समवेतरूपमा विभिन्ना रचना बजाउँदै गरिने निनादलाई घोष भनिन्छ ।’ वर्गमा जम्म १६६ जना स्वयंसेवकहरू शिक्षार्थीका रूपमा सहभागी रहेको संघका राष्ट्रिय शारीरिक प्रमुख विकुल दाहालले बताउनुभयो । मंसिर २१ गतेदेखि प्रशिक्षणमा रहेका स्वयंसेवकहरूले समापनअघि पथसञ्चलन (रूट मार्च) गरेका थिए । पूर्ण गणवेशमा सुसज्जित स्वयंसेवकहरू कावासोती नगरका मुख्य मार्गहरूबाट घोषको स्वरलहरीसँगै पाइला–पाइला मिलाउँदै पथसञ्चलनमा निस्किएका थिए । पथसञ्चलनलाई नगरभरि नै विभिन्न स्थानमा स्थानीयवासीद्वारा पुष्पवर्षा गरी स्वागत गरिएको थियो । सञ्चलन अघि ध्वजारोहण एर्व प्रार्थना भएको थियो। घोष प्रदर्शनको नेतृत्व प्रह्लाद रेग्मी एवं मुकेश कुमारले गर्नुभएको थियो भने मञ्च–सञ्चालन कपिल भट्टले गर्नुभएको थियो । स्वयंसेवकहरूले चार दिनको वर्गअवधिमा आफूले सिकेका विभिन्न रचना बजाएर आगन्तुक, अतिथि एवं दर्शकहरूका अघि प्रदर्शन गरेका थिए ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री

१८ भाद्र, काठमाडौं । फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालि…

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

राष्ट्रिय गान गाएर दैनिक सेवा प्रवाह गर्दै बर्दघाट पालिका

१७ साउन, काठमाडौं । बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र द…

लुम्बिनीमा एमाले दल नेता गिरीको राजीनामा

लुम्बिनीमा एमाले दल नेता गिरीको राजीनामा

९ साउन, काठमाडौं । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट …