SamwadKhabar logo

               

वाग्मती प्रदेश

बागमती प्रदेश सभा पुरानै भवनमा

संवाद खबर

संवाद खबर

बागमती प्रदेश सभा पुरानै भवनमा
मङ्सिर २७, काठमाडौं । बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ । प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुरानै भवनमा नयाँ बैठक बस्ने जानकारी दिनुभयो । पुरानै भवनमा मर्मत तथा रंगरोगन गर्ने तथा कुर्सीहरु मिलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश सभा सचिवालयले २ करोड रुपैयाँ लागतमा विषयगत समितिका लागि ६ वटा कोठासहितको २ तले भवन तयार पारेको छ । सुरक्षाकर्मीहरुका लागि ४० लाख रुपैयाँ लागतमा आवास भवन तयार पारिएको छ । यस्तै, सचिवालय मर्मत तथा रगंरोगनका लागि ७ लाख रुपैयाँ खर्च गरेको सचिव खड्काले बताउनुभयो । १ सय १० सदस्यीय प्रदेश सभामा प्रदेशसभामा नेपाली कांग्रेसले ३७ सिट, नेकपा (एमाले) ले २७ सिट, नेकपा (माओवादी केन्द्र) ले २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सिट, नेकपा (एकीकृत समाजवादी) ले ७ सिट, नेमकिपाले ३ सिट र हाम्रो नेपाली पार्टीले २ सिट जितेका छन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

नगर छोरी नर्सिङ्ग शिक्षा छात्रवृत्तिको लागि गोकर्णेश्वर नगरपालिकाको सूचना

भदौ ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमका लागि छा…

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२ भाद्र, काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभए…