SamwadKhabar logo

               

राजनीति

कांग्रेसले ३ पुसपछि मात्रै दलको नेता चुन्न प्रक्रिया अगाडि बढाउने

संवाद खबर

संवाद खबर

कांग्रेसले ३ पुसपछि मात्रै दलको नेता चुन्न प्रक्रिया अगाडि बढाउने
पुस १, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई प्रमाण पत्र दिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिने जनाएको छ । त्यसैले कांग्रेसले पनि त्यसपछि मात्र संसदीय दलको नेता चयनबारे छलफल अघि बढाउने कांग्रेसले जनाएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ । कांग्रेसमा २०७४ सालको चुनावपछि संसदीय दलको नेता चयनमा चुनाव हुँदै आएको छ । त्यस्तै, यसपालि पनि चुनावबाटै संसदीय दलको नेता चुन्ने तयारी गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसभित्र संसदीय दलको नेता बन्न चाहने ४ जनाभन्दा बढी रहेछन् । सभापति शेरबहादुर देउवा पुनः संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन् । उनी फेरि प्रधानमन्त्री बन्ने तयारी गर्दैछन् । त्यस्तै, बरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेता बन्न चाहन्छन् । उनले आफूलाई दलको नेता बनाउन सहयोग गर्न देउवासँग छलफल समेत गरिरहेका छन् । यस्तै, कांग्रेस महामन्त्री गगन थापा पनि संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन् । थापाले निर्वाचन अगाडिदेखि नै आफू संसदीय दलको नेता बन्ने चाहना गर्दै आएका हुन् । यस्तै, मोरङबाट चुनाव जितेका शेखर कोइराला पनि संसदीय दलको नेता बन्ने दाउमा रहेका छन् । तर, कोइरालाले यसबारे अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन् । कांग्रेस विधानअनुसार संसदीय दलको नेता बन्न ५१ प्रतिशत मत ल्याउनुपर्छ । ५१ प्रतिशत मत नल्याए पुनः चुनाव गर्ने व्यवस्था छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…