SamwadKhabar logo

               

गण्डकी प्रदेश

गण्डकीमा पुसभित्रै नयाँ सरकार, १५ दिनभित्र संसदको पहिलो बैठक

संवाद खबर

संवाद खबर

गण्डकीमा पुसभित्रै नयाँ सरकार, १५ दिनभित्र संसदको पहिलो बैठक
पुस ३, पोखरा। संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेसन आह्वान गर्नेछन्। त्यसअघि नै सांसदहरूको सपथ भइसक्नुपर्छ। प्रदेश प्रमुखले सांसदहरूलाई सपथ खुवाउने व्यवस्था छ। २८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो। त्यसो हुँदा १८ पुसभित्र संसद बैठक बसिसक्ने छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने छ। सभामुख र उपसभामुख फरक लिंग र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उक्त निर्वाचनभन्दा अगाडी प्रदेश सभामा प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा जेष्ठ उमेरका ब्यक्तिले बैठकको अध्यक्षता गर्ने छ। शनिबार निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनको अन्तिम नतिजा प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका छन्। अन्तिम नतिजा निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएसँगै औपचारिक रूपमा सरकार गठनको बाटो खुलेको छ। गत चुनावबाट गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो पार्टी बनेको छ भने २२ सिटसहित एमाले दोस्रो तथा आठ सिटसहित माओवादी तेश्रो पार्टी बनेको छ। समानुपातिकबाट इन्ट्री मारेको राप्रपाको दुई सिट छ भने दीपक मनाङे (राजीव गुरुङ) स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादीमा गएपछि उक्त पार्टीको उपस्थिति पनि प्रदेश सभामा हुने भएको छ। संविधानअनुसार निर्वाचनको नतिजा घोषणा भएको ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने छ। कसैको पनि बहुमत नपुगेका कारण यहाँ दुई वा सो भन्दा बढी पार्टी मिलेर नै सरकार बन्नेछ। संविधानको धरा १७६ (१) बमोजिम बहुमत पुगेको पार्टीको नेता मुख्यमन्त्री हुनेछन्। यहाँ बहुमत नपुगेका कारण उपधारा (२) बमोजिमको सरकार बन्ने छ। उक्त उपधाराबमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत दावी गर्न सक्ने प्रदेश सांसद मुख्यमन्त्री बन्ने छन्। उसले उपधारा (४) बमोजिम विश्वासको मत लिने छ। यदि यो उपधाराअनुसार पनि सरकार बन्ने अवस्था नरहे प्रदेश सभामा रहेको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरिने छ। नियुक्ति पाएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ। उपधारा (५) मा अघिल्ला तीनवटै उपधाराअनुसार मुख्यमन्त्री नबनेमा वा विश्वासको मत नपाएमा प्रदेश सभामा रहेका कुनै सांसदले बहुमत सहित मुख्यमन्त्री दावी गरे उनै मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। उसले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। उपधारा (५) अनुसार पनि मुख्यमन्त्री नियुक्त हुन नसके वा विश्वासको मत नपाए प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरी ६ महिनाभित्र अर्को निर्वाचनको मिति घोषणा गर्नुपर्छ। यसको अर्थ पुस महिनाभरिमा नयाँ सरकार आइसक्ने छ। अबको १५ दिनभित्र संसदको पहिलो बैठक बस्ने छ। त्यसअघि नै सपथ हुनेछ भने पहिलो बैठक बसेको १५ दिन अर्थात् पुसभरिमा सभामुख र उपसभामुखको निर्वाचन भइसक्ने छ। गण्डकीमा दलहरू सरकार गठनको कसरतमा जुटिसकेका छन्। कांग्रेस नेता सुरेन्द्रराज पाण्डे, विन्दुकुमार थापा, महेन्द्रध्वज जिसी र भोजराज अर्याल मुख्यमन्त्रीको रेसमा छन्। यस्तै, सत्ताघटकबाटै माओवादीका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दावी गरेका छन्। यहाँ कांग्रेस र माओवादीको समिश्रणबाट सरकार बन्ने सम्भावना प्रवल छ। यद्यपि केन्द्रीय राजनीतिको निर्णयबाट यहाँको कोर्स चेन्ज हुनेछ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…