SamwadKhabar logo

               

अर्थ व्यवसाय

अदुवाभन्दा पिँडालु महँगो

संवाद खबर

संवाद खबर

अदुवाभन्दा पिँडालु महँगो
पुस ४, दिपायल । डोटीका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यति बेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, बीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायत बजारमा बिक्री भइरहेको छ । बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसानले पिँडालु खेती गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिकाका किसानले सधैँभरि व्यावसायिक रूपमा गर्दै आएको अदुवा खेती छोडेर पिँडालु खेती गर्न थालेका छन् । पहिले अदुवाको मूल्य धेरै भएको तर पछिल्लो दुई वर्षयता बजारमा त्यसले मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका–२ का नरबहादुर शाहीले बताए । उनले भने, “अदुवाभन्दा कम मिहिनेत लाग्ने, पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हुँ ।” थोरैबाट सुरु गरेको पिँडालु खेतीबाट वार्षिक रूपमा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पनि उनले बताए । आफूले पिँडालु खेती गरेपछि यस क्षेत्रका दर्जनभन्दा बढी किसानले पिँडालु खेती गरिरहेका शाहीले बताए । कुनै समय प्रतिकेजीको ९० रुपैयाँमा बेचिने अदुवा यति बेला प्रतिकेजी २० रुपैयाँका दरले बिक्री गर्न बाध्य भएपछि पिँडालु खेती गरेको बडीकेदार गाउँपालिका–५ का तेज कोटकेनीले बताए । उनले भने, “अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु ३० रुपैयाँका दरले बिक्री गरिरहेका छन् । पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ । तर, सधैँभरि किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।” स्थानीयस्तरमा बजारीकरण नभएका कारण किसान सस्तोमा बेच्न बाध्य भएको उनले बताए । ‘घरघरमा सिंहदरबार’ आए पनि किसानलाई कसैले नहेरेको उनको गुनासो छ । दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट राम्रौ आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताए । ६० देखि ७० रोपनीमा गरेको अदुवा खेती बिचौलिया व्यापारीका कारण मिहिनेत गरेजति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उनले बताए । यो वर्ष १५ हजार रुपैयाँबराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको ताडीले बताए । यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती छोडेर कोही फलफूल त कोही पिँडालु खेती गरिरहेको ताडीले बताए । पछिल्लो समय अदुवाको बजार र कम मूल्य भएका कारण अधिकांश किसानले पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिकाको कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए । यस क्षेत्रमा पिँडालु राम्रै उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिन र बजारीकारण र कोल्ड सेन्टरका लागि पहल गरिने शाहीले बताए । रासस  

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …