SamwadKhabar logo

               

अर्थ व्यवसाय

ढिलो पाक्ने खेतीको उत्पादन घट्दै

संवाद खबर

संवाद खबर

ढिलो पाक्ने खेतीको उत्पादन घट्दै
पुस ५, चितवन । एउटै मौसममा धेरै खेती उत्पादन गर्न यहाँका किसान छिटो उत्पादन दिने बालीतर्फ आकर्षित भएका छन् । मुख्य गरी हिउँदे मौसममा छिटो उत्पादन दिने बालीतर्फ कृषक आकर्षित भएका हुन् । कृषकहरू छिटो उत्पादन दिनेतर्फ लागेपछि ढिलो पाक्ने खेतीको उत्पादन र क्षेत्रफल घट्दै गएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार यस वर्ष गहुँखेती गरिएको क्षेत्रफल चार हजार पाँच सय ४५ दशमलव नौ हेक्टर रहेको छ । गत वर्ष पाँच हजार ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा यस वर्ष सो क्षेत्रफल घटेको हो । आर्थिक वर्ष २०७७÷७८ मा पाँच हजार एक सय ५१ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको थियो । गत आर्थिक वर्षमा जिल्लामा २२ हजार एक सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो भने उत्पादकत्व चार दशमलव तीन रहेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा २३ हजार दुई सय ४८ मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । छोटो समयमा उत्पादन लिने बालीतर्फ कृषक आकर्षित हुँदा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको हो । धान काटेसँगै गहुँ लगाउने कृषकले चैतसम्म एउटै बालीका लागि कुर्नुपर्ने भएकाले यस खेतीतर्फको आकर्षण घटेको कार्यालयका सूचना अधिकारी मीनबहादुर पुन मगरले जानकारी दिए । उनका अनुसार गहुँखेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारीलगायतका खेती गर्न थालेका छन् । तोरी लगाउँदा चाँडो पाक्ने र राम्रो नाफा हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उनले बताए । गहुँ लगाउँदा तरकारी र मकैका लागि समय ढिलो हुने भएकाले कृषकले अन्य बाली रोज्न थालेका हुन् । विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा गहुँखेतीमा भन्दा तोरीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । आव २०७७÷७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा आव २०७८÷७९ मा १३ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । यस आवमा यो क्षेत्रफल बढेर १४ हजार पाँच सय ७९ हेक्टर पुगेको उनले बताए । तेलको माग बढ्नु र तोरीको मूल्यमा भएको वृद्धिले समेत यसतर्फ कृषक आकर्षित भएको उनले जानकारी दिए । यसवर्ष तोरीका लागि राम्रो मौसम भएकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । रासस

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …