SamwadKhabar logo

               

अर्थ व्यवसाय

नयाँ विमानस्थलमा बुद्धको पहिलो उडान हुने

संवाद खबर

संवाद खबर

नयाँ विमानस्थलमा बुद्धको पहिलो उडान हुने
पुस ६, काठमाडौँ । आगामी पुस १७ गते उद्घाटनको तयारीमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बुद्ध एयरले प्रदर्शन (डेमोन्स्ट्रेसन फ्लाइट) उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखराबाट क्षेत्रीय उडान गर्दै आएको बुद्ध एयरले पहिलो प्रदर्शन उडान गर्ने अनुमति पाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुद्ध एयरको एटीआर ७२ जहाजले बिहीबार प्रदर्शन उडान गर्न लागेको हो । त्यससँगै नयाँ विमानस्थलमा पहिलो उडान गर्ने अवसर बुद्ध एयरले पाउनेछ । बुद्धले पोखराबाट भारतमा पहिलो अन्तर्राष्ट्रिय उडानको समेत अनुमति मागेकाले त्यसबारे भारतसँग अनुमतिको प्रक्रियामा रहेको पनि भुलले जानकारी दिनुभयो । यान्त्रिक परीक्षण उडानको पूर्ण प्रतिवेदनका आधारमा विमानस्थलले एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआईपी) सार्वजनिक गर्ने तयारी गरेको छ । एआईपी सार्वजनिक भएको ४२ दिनपछि विमानस्थल व्यावसायिक रूपमा खुला हुने उहाँले बताउनुभयो । विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिने उक्त एआईपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीले आफ्ना जहाज पोखरामा उडान तथा अवतरण गर्न सक्ने–नसक्नेबारे जानकारी पाउनेछन् । बुद्ध एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले काठमाडौँबाट उडेको जहाज हाल सञ्चालनमा रहेको पुरानो विमानस्थलमा अवतरण हुनेछ भने त्यहाँबाट पोखराको आकाशमा एक फन्को लगाउँदै नयाँ विमानस्थलमा अवतरण हुनेछ । व्यावसायिक अन्तर्राष्ट्रिय उडानका लागि भारतसँग मागेको अनुमति प्रक्रियामै रहेको समेत उहाँले जानकारी दिनुभयो । बुद्धले यसअघि नै पोखराबाट भारतका तीन सहरमा उडान गर्ने घोषणा गरिसकेको छ । बुद्ध एयरले पोखरा–वनारस, पोखरा–दिल्ली र पोखरा–देहरादुन उडान गर्ने योजना बनाएको छ । त्यस्तै पोखराबाट धौलागिरिदेखि सगरमाथासम्मको हिमशृङ्खला दृश्यावलोकन उडान तथा काठमाडौँ र अन्य सहरमा समेत आवश्यकताअनुसार दैनिक सिधा उडान गर्ने कम्पनीको तयारी रहेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …