SamwadKhabar logo

               

अर्थ व्यवसाय

सुन्तला खेतीबाट जीवनस्तर फेरियो

संवाद खबर

संवाद खबर

सुन्तला खेतीबाट जीवनस्तर फेरियो
पुस ७, बेनी । बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशकभयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरी करिब सात सय सुन्तलाका बोट रोप्नुभएका खत्रीको बगँैचामा यतिबेला सुन्तला टिप्ने चटारो छ । दुई ठाउँमा सुन्तला खेती गर्नुभएका खत्रीको एउटा बगैँचाबाट मात्रै रु सात लाख ९० हजारमा सुन्तला बिक्री भएको छ । “गत वर्ष रु सात लाखको सुन्तला बिक्री गरेको थिँए, यस वर्ष दुई वटा बगैँचामा गरेर रु १० लाख बढीको बिक्री भएको छ, ठेकेदारले बोटमै आएर सुन्तला किनेर लैजाने गरेका छन्”, उहाँले भन्नुभयो । खाद्यबाली लगाउँदा नियमित सिँचाइको अभावसँगै खेतीबाली लगाउने र गोडमेलमा लाग्ने कामदारको लगानीअनुसारको प्रतिफल नआउने भए पनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको खत्रीले बताउनुभयो । बास्कुनाकै देवी हुमेन क्षेत्रीको फूलबारीमा पनि यतिबेला सुन्तला टिप्ने चटारो छ । उहाँको घरपरिवारमा करिब आठ सय सुन्तलाका बोट छन् । गत असोजमै नवलपरासीका व्यवसायीले घरमै पुगेर सुन्तलाको पेस्की रकम दिएर बोटबाटै सुन्तला खरिद गर्ने टुङ्गो लगाएका थिए । क्षेत्रीको मात्रै होइन बास्कुना र सुर्केमेलाका करिब दुई दर्जन घरधुरीमा व्यवसायीले फल नलाग्दै पेस्की दिएर सुन्तलाबोट बाटै खरिद गर्ने गरेका छन् । “यो वर्ष करिब रु आठ लाखको सुन्तला बिक्री हुने भएको छ, सबै सुन्तला ठेकेदारले नै लैजाने समझदारी भएको छ, बजार खोज्न भौतारिनुपर्ने झण्झट भएको छैन, सुन्तलाखेतीप्रति उत्साहित नै छौँ”, क्षेत्रीले भन्नुभयो । उहाँको घरपरिवारले करिब २० रोपनी खेतबारी सबैमा सुन्तला खेती गर्नुभएको छ । बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सुन्तलाबाट आकर्षक आम्दानी हुने, बजार सजिलै पाइने भएपछि गाउँमा सुन्तला खेती गर्ने लहर नै चलेको स्थानीय सुन्तला खेती गर्ने कृषक तिलकुमारी गुरुङले जानकारी दिनुभयो । “यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकाले बोटमा दाना नलाग्दै व्यापारी पेस्की लगाउन आइपुग्छन्, अधिकांश व्यवसायीले पोखरा, काठमाडौँ र चितवनसम्म यहाँको सुन्तला लैजाने गरेका छन्, सुन्तला फलाउनेले बजारको खोजी अहिलेसम्म गर्नुपरेको छैन”, गुरुङले भन्नुभयो । यस वर्ष बास्कुनामा सबैभन्दा थोरै बिक्री गर्नेले रु एक लाख र बढी बिक्री गर्नेले रु १० लाखसम्म सुन्तलाबाट आम्दानी गरेका छन् । बास्कुनासँगै जोडिएको बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका कृषकलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याइ भएको छ । करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तला खेती गरेका गरेका स्थानीयवासीले बजारको अभाव झेल्नुभएको छैन । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र खरिद गर्नका लागि काठमाडौँलगायतका ठाउँबाट व्यापारी बगैँचामै आइपुगेको स्थानीय कृषक रामबहादुर घर्तीमगरले जानकारी दिनुभयो । अघिल्लो वर्ष रु ७० लाख बराबरको सुन्तला निकासीभएको राखुबाट यस वर्ष उत्पादन बढेकाले रु एक करोड बराबरको सुन्तला बिक्री हुने स्थानीयको अपेक्षा छ । यस गाउँमा न्यूनतम ५० हजारदेखि सात लाखसम्म वार्षिकरुपमा हरेक घरले सुन्तला बिक्रीबाट आम्दानी गर्छन् । म्याग्दीमा पछिल्लो समय सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नगदे बाली भएकाले आम्दानी हुने र खेती गर्न अन्य बालीको तुलनामा झण्झट र लगानी धेरै नहुने भएकाले जिल्लामा सुन्तला खेतीको लहर चलेको हो । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लका स्थानीयवासीले समेत गाउँलाई सुन्तला गाउँको रुपमा विकास गरेका छन् । करिब ५० घरधुरीको बसोबास रहेको यहाँका सबै घरधुरीमाव्यावसायिक सुन्तला खेती गरिएको छ । परम्परागत मकै, गहुँ, कोदो खेती छाडेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका हुन् । एक दशकयता यहाँका खेतीयोग्य जमिन र खेती गर्न छाडेर बाँझो रहेको जमिनमा समेत सुन्तला रोप्न थालिएको र सुन्तलाको उत्पादन भएमा बजारीकरणको समस्या नभएको स्थानीय कृष्ण पुनले जानकारी दिनुभयो । म्याग्दीमा बेनी नगरपालिकासहित बरङ्जा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मान्छिन् । गाउँमा अन्न बालीको लागि काम गर्ने मानिसको अभावमा बाँझिने समस्या बढिरहेको समयमा सुन्तला खेतीतर्फ बढ्दो आकर्षणले जमिनको सही उपयोगसँगै स्थानीयलाई आयआर्जनमा समेत सघाउ पु¥याएको छ । जिल्लाको ग्रामीण भेगसम्म सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन भएका सुन्तलाको बजारीकरणमा सहज भएपछि किसान सुन्तलाको व्यावसायिकतर्फ उत्साहित भएर लागेका हुन् । पछिल्लो समय सुन्तला खेती गर्ने किसानलाई स्थानीय तह र कृषि ज्ञान केन्द्रलगायतका निकायबाट समेत बिरुवा खरिदमा अनुदानसँगै रोग कीरा व्यवस्थापनमा औषधिसँगै तालिमसमेत उपलब्ध भएपछि सुन्तलाको व्यावसायिकताले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउनथालेको छ ।– रासस

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …