SamwadKhabar logo

               

राजनीति

संस्कृत भाषामा सपथ ग्रहण गर्ने सांसद : किरणकुमार साह

संवाद खबर

संवाद खबर

संस्कृत भाषामा सपथ ग्रहण गर्ने सांसद : किरणकुमार साह
प्रतिनिधिसभा सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिनुभएको छ । नेपालको परम्परागत ज्ञान–विज्ञानको भाषा र नेपाललाई एकताको सूत्रमा आबद्ध गर्ने भाषा पनि संस्कृत नै भएको उल्लेख गर्दै रौतहट–२ बाट स्वतन्त्रमा निर्वाचित सांसद साहले आफ्नो पद तथा गोपनीयताको शपथ संस्कृत भाषामा लिनुभएको हो । नवनिर्वाचित सांसदहरूले नेपालीसहित विभिन्न स्थानीय भाषाहरूमा शपथ ग्रहण गरिरहँदा साह संस्कृतमा शपथ ग्रहण गर्ने एकमात्र सांसद हुनुभएको छ । नेपालको संसदीय परम्परामा यो नयाँ तथा ऐतिहासिक थालनी हो । ‘संस्कृत विश्वको सबैभन्दा प्राचीन मात्र नभई सबैभन्दा उत्कृष्ट भाषा पनि हो । संस्कृत नेपालसहित विश्वभरि बोलिने अधिकांश भाषाहरूकी जननी पनि हो । हाम्रा संस्कार र संस्कृतिका आधार हाम्रा सबै शास्त्रको भाषा पनि संस्कृत नै हो । अतः यसका लागि नेपालले गौरव गर्नुपर्छ’ बिहीबार प्रतिनिधिसभा भवन नयाँ बानेश्वरमा शपथ ग्रहण समारोहपछि सांसद साहले भन्नुभयो । जुन कुराका लागि विश्वमा नेपालको पहिचान स्थापित हुन्छ ती सबै कुरालाई लिएर अघि बढ्नका लागि पनि हामी नेपालीले आफ्ना मूलतर्फ ध्यान दिनैपर्ने उल्लेख गर्दै साहले भन्नुभयो, ‘संस्कार र संस्कृति लोप भएमा राष्ट्रको पहिचान पनि हराउँछ । हामीले यस देशको पहिचान जोगाउन पनि संस्कृत भाषाको प्रसार गर्नु आवश्यक छ ।’ गाडीहरूमा इम्बोस्ड नम्बर प्लेट राख्दा अंग्रेजीमा राख्नुपर्ने व्यवस्थाको विरोध समेत गर्दै सांसद साहले भन्नुभयो, ‘यहाँ त देवनागरी लिपि पनि मास्न खोजिँदै छ । तर त्यसो हुन दिनुहुन्न । हाम्रा भाषा, लिपिसँगै संस्कार र संस्कृतिको जगेर्ना गर्नसके मात्र नेपालको स्वभाविमान र पहिचानको रक्षा हुनेछ ।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…