SamwadKhabar logo

               

अर्थ व्यवसाय

बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

संवाद खबर

संवाद खबर

बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल
पुस ८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका ब्ँंग्ँल्ँँदेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो । नेपाल बंगलादेशबीचको कुटनीतिक सम्वन्ध ५० वर्ष पुरा भएको सम्वन्धमा दुई राष्ट्रबीचका व्यवसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्ष्ँेत्रमा सहकार्य गर्ने सहमति भएको हो । अध्यक्ष मल्लले भन्नुभयोे, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनसंगै लगानीका लागि हामी आव्हान गर्दछौ, ।’ बंगलादेशमा सडक सञ्जालसंगै  हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्वन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । बंगलादेशसंग नेपालको व्यापारघाटा उच्च रहेको सन्र्दभमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका बस्तुहरुको खोजी गर्नुपर्नेमा जोडदिनुभयो । नेपालले ऊर्जा व्यापार मार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युतमा लगानीका लागि मल्लले आग्रह गर्नुभयो । बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्र्दभमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन । चेम्बर अध्यक्ष मल्लले विद्युत व्यापारको सहजिकरणसंगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीसंग आग्रह गर्नुभयो । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसंग आफुहरुले पहल गर्ने अध्यक्ष मल्लले बताउनुभयो । बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । हवाईसंगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उहा“ले जोड दिनुभयो । नेपालमा ऊर्जा, पर्यटन क्ष्ँेत्रमा लगानीका लागि आफुहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताउनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …