SamwadKhabar logo

               

अर्थ व्यवसाय

सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्योः चेम्बर अध्यक्ष मल्ल

संवाद खबर

संवाद खबर

सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्योः  चेम्बर अध्यक्ष मल्ल
पुस ११, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजश्व समेत गुमाईरहेको अध्यक्ष मल्लले बताउनुभयो । कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले भन्नुभयो,‘नेपाल भारत खुला सीमाको फाईदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भईरहेको छ । यसले सरकारी राजश्वमा समेत गम्भिर असर गरिरहेको छ । मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक छ, ।’ आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसंग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताउनुभयो । सरकारले करको दायारा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उहा“ले जोड दिनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘सीमाबाट हुने राजश्व चुहावट नियन्त्रण हुन सकेको छैन । कसैले राजश्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ । करको दायरा बढाएर राजश्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ, ।’ कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताउनुभयो । अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्वन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको भनाई छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसंग हातेमालो गर्न आफुहरु तयार रहेको अध्यक्ष मल्लले बताउनुभयो । खुद्रा पसल देखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यन्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक अवस्थामा नै रहेको भन्दै अध्यक्ष मल्लले चालुखर्च धान्न समेत मुस्किल राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्ने बताउनुभयो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …