SamwadKhabar logo

               

राजनीति

एकीकृत समाजवादी र जसपालाई सरकार ल्याउन प्रधानमन्त्रीले थाले छलफल

संवाद खबर

संवाद खबर

एकीकृत समाजवादी र जसपालाई सरकार ल्याउन प्रधानमन्त्रीले थाले छलफल
पुस १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी (जसपा) का उपेन्द्र यादवलाई भटेका छन् । एकीकृत समाजवादी र जसपालाई आफ्नो नेतृत्वको सरकारमा सामेल गर्ने हेतुले प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भेटेका हुन् । भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारमा सामेल हुन नेपाल र यादवलाई प्रस्ताव राखेका थिए । अध्यक्ष नेपालले प्रचण्डले आफूलाई धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आइरहेका छन् । यसैबेला प्रधनमन्त्री प्रचण्डले असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रचण्डले पाँच दलीय गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल असन्तुष्ट छन् । बुधबार भएको छलफलमा अध्यक्ष नेपाल र यादव सरकारमा आउन सकरात्मक देखिएको ती नेताले बताए । उनका अनुसार संसद अधिवेशन सुरु भएपछि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । तर, त्यसअघि नै एकीकृत समाजवादी र जसपालाई सरकारमा सामेल गराउने प्रधानमन्त्रीको सोच रहेको छ । यसअघि प्रधानमन्त्री नियुक्त भएकै दिन पुस १० गते आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

देशभर संविधान दिवस मनाइँदै

देशभर संविधान दिवस मनाइँदै

असोज ३, काठमाडौं ।आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभ…

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…